मंसिर ४ को चुनाव स्थगित गरौं : वैद्य
###
|
कार्यकर्ता रिहा गर्न र वार्तामा बस्न आग्रह
१२ कात्तिक, काठमाडौं । नेकपा–माओवादीले निर्वाचन प्रक्रिया स्थगित गरी वार्तामार्फत राजनीतिक निकास खोज्न सरकार र चार दललाई विशेष आग्रह गरेको छ । सरकार र राजनीतिक दलहरु चुनावको अन्तिम तयारीमा जुटिरहेका बेला बैद्य माओवादीले भने चुनावी प्रक्रिया स्थगित गर्न माग गरेको हो ।
माओवादी अध्यक्ष मोहन बैद्य किरणले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘हामी अझैपनि समय छदै गम्भीर बन्न र राष्ट्रिय सहमति विना हुन गइरहेको संविधान सभाको दोस्रो “निर्वाचन”लाई स्थगन गरी ३३ राजनीतिक दलहरुको मोर्चाद्वारा प्रस्तुत सर्वपक्षीय गोलमेच सभा लगायतको प्रस्तावलाई गम्भीरतापूर्वक लिई वार्तामार्फत् परिणाममुखी राजनीतिक निकासका लागि आवश्यक पहल गर्न चार राजनीतिक दल तथा सरकारसँग फेरि पनि विशेष अनुरोध गर्दछौं ।’
आफूसहित ३३ दलीय राजनीतिक मोर्चालाई पृथक राखेर हुन लागेको चुनावको कुनै अर्थ नभएको र यसले संविधान र शान्ति दिनुको सट्टा अर्को द्वन्द्व निम्त्याउने माओवादीको दावी छ । चुनावमा भाग लिनु र बहिष्कार गर्नु दुवै समान राजनीतिक अधिकार र स्वतन्त्रताको विषय भएपनि सरकारले बहिष्कार आन्दोलनमा रोक लगाउने, नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने र मुद्दा लगाउने काम गरेको भन्दै बैद्यले भत्र्सना गर्नु भएको छ । माओवादीले गिरफ्तार गरिएका सबैलाई विनाशर्त रिहा गर्न जोडदार माग गरेको छ ।
####
.jpg)





0 comments
Write Down Your Comment