चुनाब भाँड्न खोज्नेलाई कारबाही गर्छौं: गृहमन्त्री
###

काभ्रे, कात्तिक ८ – गृहमन्त्री माधवप्रसाद घिमिरेले संविधानसभाको चुनाव भाँड्न खोज्नेलाई सरकारले कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
संविधानसभा निर्वाचन लक्षित क्षेत्रीय सुरक्षा गोष्ठीको काभ्रेको धुलिखेलमा शुक्रबार उद्घाटन गर्दै गृहमन्त्री घिमिरेले सरकारले चुनावका लागि उच्च सतर्कता अपनाएको भन्दै चुनाब बिथोल्ने खालका गतिविधि गर्नेलाई कारवाही गर्न सरकार पछि नपर्ने बताउनुभयो ।
अहिले निर्वाचन विरोधी गतिविधि गरिरहेकाहरु राजनीतिक दल नभई समूह मात्रै भएको भन्दै उहाँले कुनै समूहले प्रयास गर्दैमा चुनाव नबिथोलिने दावी पनि गर्नुभयो ।
नेकपा माओवादीप्रति लक्षित गर्दै उहाँले नैतिक धरातल बिर्सेर चुनाव बिथोल्ने प्रयास गरे उसको अस्तित्व समाप्त हुने भन्दै धाकधम्कीको भाषा छोडेर नागरिकको मन जित्न सुझाव दिनुभयो । गृहमन्त्री घिमिरेले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई पनि कारवाही गर्ने चेतावनी दिनुभयो ।
यस्तै प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले केही राजनीतिक दलले निर्वाचन आचारसंहीता उल्लघंन गरेको भन्दै त्यस्तालाई आयोगले जहाँ भेट्छ त्यहीं कारवाही गर्ने बताउनुभयो ।
उहाँले सबै मतदान केन्द्रमा मतपत्र लगायतका निर्वाचन सामाग्री पु¥याउने अन्तिम तयारी भएको पनि बताउनुभयो । सुरक्षा गोष्ठीमा गृहमन्त्री, गृह तथा रक्षा सचिव, सुरक्षा निकायका प्रमुख, बाग्मती अञ्चलका ८ र जनकपुर अञ्चलका २ गरी १० जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुख सहभागी छन् ।
####

0 comments

Write Down Your Comment