भारतमा नेपालको लगातार छैटौं जित
###

काठमाडौं, कार्तिक १२ । विश्वकप क्रिकेट छनोट प्रतियोगिताको तयारीका लागि भारतमा ट्वान्टी–२० अभ्यास खेल खेल्न गएको नेपालले लगातार छैटौं जित हासिल गरेको छ । दिल्लीको भारतनगर एकेडेमी मैदानमा आज भएको खेलमा नेपालले आमन्त्रित ११ टिमलाई ६ विकेटले पराजित ग¥यो ।


 टस हारेर पहिले ब्याटिङ गरेको भारतीय टिमले ९ विकेट गुमाएर ९१ रन जोड्यो । चार खेलाडीले मात्र दोहोरो अंक जोडेको इनिङमा नेपालका लागि शक्ति गौचनले ३ तथा बसन्त रेग्मीले २ विकेट लिए । जवाफमा नेपालले उपकप्तान ज्ञानेन्द्र मल्लको ३३ तथा कप्तान पारस खड्काको २१ रनको मद्दतले १९ ओभरमा ४ विकेट गुमाएर विजय हासिल ग¥यो ।

 भारत भ्रमणका क्रममा पहिलो खेलमा दिल्ली जिल्ला क्रिकेट संघसँग पराजित भएको नेपालले त्यसपछि खेलेका सबै ६ वटै खेलमा जित हात पारेको छ ।
####

0 comments

Write Down Your Comment