###
|
सरकारको सामना गर्न तयारः गुरुङ
१२ कात्तिक, काठमाडौं । नेकपा-माओवादीले वार्ताबाट निकास नखोजिए सरकारको सामना गर्न तयार रहेको चेतावनी दिएको छ । मंगलबार विहान चुनाव स्थगित गरी वार्तामार्फत राजनीतिक निकास खोज्न अपील गरेको माओवादीले दिउँसो पत्रकार सम्मेलन गरेर सरकार अराजनीतिक र फैजी ढंगले अघि बढ्न खोजेको आरोप लगाएको छ । पार्टी कार्यालय बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा माओवादी सचिव देव गुरुङले भन्नुभयो-’हामी चुनौति दिन चाहन्छौं । हामी यो सरकारलाई सामना गर्न तयार छौं ।’ वार्ताको टेवलबाछ भागेर सेना परिचालन गरेर चुनाव गर्न खोज्नु सरकार र राजनीतिक दलहरुको राजनीतिक हार भएको भन्दै उहाँले प्रविधिक चुनावको अर्थ नरहेको बताउनुभयो । गुरुङले हतियार खोज्ने नाममा सरकारले आफ्नो नेता कार्यकर्तामाथि झुटा मुद्दा लगाउने खोजेको भन्दै आलोचना गर्नुभयो । चार दलले संविधान बनाउने अधिकार विदेशी शक्तिलाई सुम्पिएको भन्दै उहाँले सबै मिलेर त्यसलाई फिर्ता ल्याएर मात्र अघि बढ्नु पर्ने बताउनुभयो ।
प्रचण्ड र आलोक जोशी उस्तै
एमाओवादी अध्यक्ष प्रचण्डले बैद्य र ज्ञानेन्द्र उस्तै हुन् भनेका छन् नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा माओवादी सचिव गुरुङले पराजित मानसिकताको परिणाम भएको टिप्पणी गर्नुभयो । ‘प्रचण्ड र लेण्डुप दोर्जेको अनुहार चिन्न सकिएन भन्यो भने के हुन्छ’ प्रचण्डप्रति आक्रमक रुपमा प्रस्तुत भएका गुरुङले भन्नुभयो-’प्रचण्ड र आलोक जोशीको अनुहारमा फरक छुट्याउन सकिएन ।’ विदेशीको इशारामा चुनाव भाड्न खोजेको आरोपमा जवाफमा उहाँले प्रचण्डलाई भारतको हनुमानको संज्ञा समेत दिनुभयो ।
मालेका विद्यार्थी महासचिव बैद्यमा
कार्यक्रममा सीपी मैनाली नेतृत्वको नेकपा मालेको विद्यार्थी संगठन अखिल पाँचौंका नेताहरु बैद्य माओवादीमा प्रवेश गरेका छन् । अखिल पाँचौंका महासचिव सन्तोष कोइरालासहितका विद्यार्थी नेताहरुलाई गुरुङले अविर लगाए पार्टी प्रवेश गराउनु भयो ।
####
.jpg)




0 comments
Write Down Your Comment