एक कक्षा नपढे पनि सभासद र मन्त्री हुन पाइने
###

एक कक्षा नपढे पनि सभासद र मन्त्री हुन पाइने

४ कातिक, काठमाडौ । सामान्य खरदार या पियन हुनका लागि निश्चित शैक्षिक योग्यता चाहिन्छ । एसएसलसी पासको प्रमाणपत्र नभएर कयौं योग्य युवाहरु सेना प्रहरीमा भर्ना हुने सकेका छैनन् । कैयन लडाकूहरुले यही ‘बुर्जुवा सर्टिफिकेट नभएर समायोजनमा जान पाएनन् । तर, सभासद या मन्त्रीसम्म हुनका लागि भने कुनै योग्यताको जरुरी पर्दैन । तपाईले ४ कक्षामात्रै पास गर्नोस् या अक्षरै नजान्नोस् र औंठाछाप लगाउनोस्, सभासद बन्न र मन्त्रीसमेत बन्नका लागि तपाईलाई कुनै शैक्षिक मापदण्डको जरुरत पर्दैन । गत ०६४ सालको संविधानसभाको चुनावमा सिरहाबाट मधेशी जनाधिकार फोरमका तर्फबाट समानुपातिकमा सभासद भएकी सेविकादेवी दास पूरै निरक्षर हुनुहुन्थ्यो । उहाँले लेखपढ गर्न नजान्ने भएकाले संविधान लेख्न सक्ने कुरै भएन । पहिलो संविधानसभाका अर्का सभासद रामरति रामको शैक्षिक योग्यतामा यस्तो लेखिएको थियो- ‘आफ्नो नाम लेख्न सक्ने ।’

यस्तो थियो पहिलो संविधानसभाको शैक्षिक अवस्थापहिलो संविधानसभामा संविधान र कानुनको सिद्धान्त बुझ्न

नसक्ने सामान्य लेखपढ मात्रै गरेका ५८ जना सभासद हुनुहुन्थ्यो । माध्यमिक तहमात्रै अध्ययन गरेका सभासदको संख्या एक सय ३ थियो, जसबाट धेरैजना मन्त्रीसमेत बन्नुभयो । गत संविधानसभामा आइए र सो भन्दा कम पढेका सभासदहरुको बहुमत थियो । डिप्लोमा गरेका १ सय ७१, र स्नातकोत्तर गरेका १ सय १२ सभासदको संख्या थियो भने १६ जनाले पीएचडी गरेका थिए । यी १६ मध्ये १ जना पीएचडी अध्ययनरतसमेत हुन् । कक्षा ८ सम्म पढेकाले सभासदहरुले आफ्नो योग्यता ‘माध्यमिक तह’ लेखेका थिए भने आइएमा भर्ना भएर अनुतीर्णहरुले पनि आफ्नो योग्यता ‘प्रमाण पत्र तह’ लेखेका थिए । आइएमात्रै उत्तीर्ण गरेकाहरुले कुनै एक विषयमा एमए गरेजस्तै गरी कसैले आइए (अंग्रेजी), कसैले (इतिहास) त कसैले (राजनीतिशास्त्र) लेखेका थिए । त्यसैगरी वीए भर्ना भएका तर उत्तीर्ण नगरेका धेरैले आफ्नो योग्यता स्नातक लेखेका थिए भने एमए उर्त्तीण नभएकाले एमए पास लेखेका थिए । हुन त कांग्रेस नेता गिरिजाप्रसा कोइरालाको शैक्षिक योग्यता प्रवीणताप्रमाणपत्र तह (बीएचयू) हो । त्यसैगरी एमालेका केपी शर्मा ओली, प्रदीप ज्ञवाली र एमाओवादीका पोष्टबहादुर बोगटीको पनि औपचारिक शैक्षिक योग्यता धेरै छैन । सुशील कोइरालाको औपचारिक पढाइ खुलेको छैन । तर, स्वअध्ययनबाट स्नातकोत्तरको जस्तै क्षमता बनाएका यी केही नेतालाई अपवाद नमान्ने हो भने स्कुल नजानेहरु खरदार या प्रहरी बन्न पाएनन् भने सीधै राजनीतिमा लागे हुन्छ, यताबाट सांसद र मन्त्री बन्न सजिलो छ । भोलि स्थानीय निकायमा गाविस अध्यक्ष, मेयर र प्रान्तीय सरकारमा मुख्यमन्त्रीसम्म बन्न पाइन्छ । केहीले के तर्क गर्छन भने नपढेकाले पनि संविधान बनाउन र मन्त्रालय चलाउन सक्छन् । तर, यसो हो भने नपढेकाले पनि खरदार र मुखिया चलाउन पाउने, शाखा अधिकृत बन्न पाउने नयाँ संविधानमा व्यवस्था किन नगर्ने ? कि सभासद, सांसद या मन्त्री बन्नका लागि पनि कुनै योग्यता तोक्ने ? अन्डर एसएलसी गरेकाहरुले मन्त्री बन्न पाउने अनि उनीहरुको प्रेस सल्लाहकारले एमए गरेको हुनुपर्ने हास्यास्पद चलन अघिल्लो संविधानसभामा देखिएको छ । त्यसैले आगामी संविधानसभाले नेताको औपचारिक शैक्षिक योग्यता पो तोक्ने हो कि ?

सभासदको शैक्षिक योग्यताका सम्बन्धी केही झलक :
- नेपाली महामन्त्री कृष्णप्रसाद सिटौलालाई झापा क्षेत्र नं. ३ बाट पहिलो संविधासभामा पराजित गर्ने एमाओवादीका सभासद पूर्णसिंह राजवंशीको शैक्षिक योग्यता कक्षा ७ रहेको छ । झापा क्षेत्र नं. ५ बाट विजयी नेपाली कांग्रेसका सभासद केशबकुमार बुढाथोकीले आफ्ना शैक्षिक योग्यतामा ‘हाइयर सिनियर क्याम्बि्रज’ उल्लेख गर्नुभएको छ । एमालेबाट झापा क्षेत्र नं. ६ बाट विजयी दीपक कार्कीले आफ्नो शैक्षिक योग्यतामा ‘माध्यमिक तह’ खुलाउनुभएको छ ।
- नेकपा माओवादीबाट भोजपुर क्षेत्र नं. १ मा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई हराउनुभएका पदमबहादुर राईले आफ्नो शैक्षिक योग्यतामा अंग्रेजी विषयमा प्रविणता प्रमाणपत्रतह उर्त्तीण गरेको उल्लेख गर्नुभएको छ । प्रवीणता प्रमाणपत्र तहमा तीनवटा विषय हुन्छन् । त्यस्तै वागबजारमा कपडा किन्ने क्रममा उपद्रो मच्चाउने कांग्रेस सभासद कल्याणी रिजालको शैक्षिक योग्यता आईए हो । वहाँले आफ्नो शैक्षिक विवरण खुलाउने क्रममा प्रमाणपत्र तह (राजनीतिशास्त्र) उल्लेख गर्नुभएको छ ।
 - नेकपा माओवादीबाट मोरङ जिल्लाबाट समानुपातिकर्फ सभासद बन्नुभएकी जुब्बा सोरेनले सभासद भएपछि पढ्न थाल्नुभएको थियो । सन्थाल समुदायकी वहाँले आफ्नो शैक्षिक योग्यतामा साधारण लेखपढ उल्लेख गर्नुभएको थियो । साधारण लेखपढदेखि ८ कक्षाभन्दा कम पढेका पूर्वसभासदको संख्या ५८ छ । - नेकपा माओवादीबाट समानुपातिकाबाट सभासद बन्नुभएका बाबुलाल पासवानले आफ्नो शैक्षिक योग्यतामा ४ कक्षा मात्र खुलाउनुभएको छ । वहाँले जातीय विभेदका कारण आफूले पढ्न नसकेको उल्लेख गर्नुभएको छ ।
- एमालेबाट समानुपातिका सभासद हुनुभएकी मोरङकी यशोदा अधिकारीको शैक्षिक योग्यता १० कक्षामात्रै हो । वहाँले आफ्नो विवरणमा भने माध्यमिक तह उर्त्तीण गरेको उल्लेख गर्नुभएको छ । - संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट समानुपातिका सभासद बन्नुभएका मोरङका राजकुमार नाल्बोको शैक्षिक योग्यता ‘मेटि्रक पास’ हो । वहाँले भारतबाट मेट्रिक पास गरेको उल्लेख गर्नुभएको छ ।
- सुनसरी क्षेत्र नं.२ मा एमालेबाट प्रत्यक्षतर्फबाट सभासद बन्नुभएका धर्मराज निरौलाको शैक्षिक योग्यता एसएलसी मात्रै हो । वहाँले आफ्नो शैक्षिक योग्यताको विवरणमा माध्यमिक तह उल्लेख गर्नुभएको छ । - नेकपा माओवादीबाट समानुपातिका सभासद बन्नुभएकी सुनसरीकी पूजा खनालले पनि सभासद हुँदा एसएलसी पास गर्नुभएको थिएन । वहाँले माध्यमिक तह पढ्दापढ्दै भूमिगत हुनुपरेकाले अध्ययनलाई अघि बढाउन नसकेको उल्लेख गर्नुभएको छ । नेकपा माओवादीबाट ओखलढुंगा क्षेत्र नं. २ मा विजयी बालकृष्ण ढुंगेल पनि अन्डर एसएलसी हुनुहुन्छ ।
- मधेशी जनाधिकार फोरमबाट समानुपातिका सभासद सप्तरी निवासी विश्वनाथप्रसाद यादव (वीपी) यादवले मानविकीमा स्नातकोत्तर, कानुन र कमर्शमा स्नातक गर्नुभएको छ । यादवले शिक्षित सभासद भएपनि रातो पास पोर्ट दुरुपयोग गरेको अभियोगमा जेलमा बस्नुपरेको थियो । - नेकपा एमालेबाट समानुपातिका सभासद बन्नुभएकी सिरहाकी रामरती राम साधरण लेखपढ गर्नमात्र जान्नुहुन्छ । संविधान लेखनजस्तो महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न पुगेकी रामको शैक्षिक योग्यताको विवरणमा ‘आफ्नो नाम लेख्न सक्ने’ उल्लेख छ ।
- संविधानसभामा दलित जनजाति पार्टीबाट समानपातिकका सभासद सिरहा निवासी विश्वेन्द्र पासवानले कानुनमा स्नातक गरेको उल्लेख गर्नुभएको छ । अघिल्लो संविधानसभाको संवैधानिक समितिको बैठकमै वहाँले उपद्रो गर्नुभएको थियो । पासवानले संवैधानिक समितिका तत्कालिन अध्यक्ष निलाम्बर आचार्यकै अगाडि कुर्सी तोडफोड गरेर चारतला माथिबाट जमीनमा कुर्सी फ्याक्नुभएको थियो । यद्यपि उहाँले कानूनमा स्नातक गर्नुभएको छ ।
- संविधान बनाउने ठाउँमा पुग्नुभएकी सिरहाकै सेवकीदेवी दास तत्मा पूर्ण निरक्षर हुनुहुन्थ्यो । वहाँलाई मधेसी जनाधिकार फोरमले समानुपातिकबाट सभासद बनाएको थियो । वहाँसहितका केही सभासद सरकारबाट प्राप्त हुने तलब भत्ता पनि औंठाछाप हानेर लिने गर्नुभएको थियो ।
 - नेकपा माओवादीबाट दोलखा क्षेत्र नं. १ मा विजयी देवी खड्काले पनि साधारण लेखपढ गर्नुभएको छ । नेकपा माओवादीले दोलखाबाटै समानुपातिकमा सभासद बनाइएका चुनबहादुर थामी पनि साधारण साक्षरमात्र हुनुहुन्थ्यो । वहाँले परीक्षा शुल्क तिर्न नसकेर पढाई छाडेको उल्लेख गर्नुभएको छ ।
- दोलखाबाटै नेपाली कांग्रेसले समानुपातिका सभासद बनाइएका जीपछिरिङ लामाले ७ कक्षासम्मको मात्र औपचारिक अध्ययन गर्नुभएको छ ।
- मधेसी जनाधिकार फोरमबाट समानुपातिकमा सभासद बन्नुभएकी बाराकी कलावती पासवानको शैक्षिक योग्यता कक्षा ७ मात्र हो । साधारण पढलेख भएर पनि वहाँ भौतिक योजना तथा निर्माण सहायक मन्त्री समेत हुनुभयो । विभिन्न बिवादास्पद कार्य गर्न भ्याउनुभयो । पासवानविरुद्ध वहाँकै निजी सचिव दिपलाल हजाराले जिल्ला प्रशासन कार्यालय बारामा ठगी मुद्धा समेत दर्ता गराउनुभएको थियो । नेकपा माओवादीबाट नुवाकोट क्षेत्र नं. ३ बाट निर्वाचित माओवादी नेता पोष्टबहादुर बोगटीले आफ्नो शैक्षिक योग्यताको विवरणमा आठौं श्रेणी उत्तीर्ण उल्लेख गर्नुभएको छ ।

 डा. सभासदहरुको संख्या १५\
 पहिलो संविधानसभामा आफ्नो तलव भत्ता औंठा छाप लगाएर बुझ्नेदेखि पीएचडी गर्नेहरुको समेत प्रतिनिधित्व थियो । पिएचडी गर्ने सभासदहरुमा नेकपा माओवादीबाट समानुपातिका सभासद बन्नुभएका सैन्य विशेषज्ञ इन्द्रजीत राई, नेपाली कांग्रेसका मिनेन्द्र रिजाल, मधेसी जनाधिकार फोरमका रामचन्द्र राम अमात र उदयपुर १ बाट प्रत्यक्षमा विजयी कांग्रेसका नारायण खड्का हुनुहुन्थ्यो । त्यसैगरी लोकतान्त्रिक समाजवादी दलका लक्ष्मीलाल चौधरी, कांग्रेसका रामशरण महत र प्रकाशरण महत, राप्रपाका प्रकाशचन्द्र लोहनी, मधेशी जनाधिकार फोरमका तिलक रावल, एमालेका मंगलसिद्धी मानन्धरले पनि पीएचडी गर्नुभएको थियो । पीएचडी गर्नुभएका अन्य सभासदहरुमा एमालेका विजयकुमार पौडेल, नेपाली जनता दलका विश्वनाथप्रसाद अग्रवाल, नेकपा माओवादीका बाबुराम भट्टराई र कांग्रेसकी आरजु राणा हुनुहुन्थ्यो । एमाओवादीका हरि रोकाले आफ्नो योग्यता पीएचडी अध्ययरत रहेको जनाउनुभएको थियो ।

 कुन नेता कति पढेका ?


####

0 comments

Write Down Your Comment