गोली हानिएका एमाले उम्मेदवार मृत घोषणा
###
![]() |
काठमाडौ, आश्विन २४ - एमाले बारा क्षेत्र नं.- ४ का उम्मेदवार एवं केन्द्रीय सदस्य महमुद आलमलाई मृत घोषणा गरिएको छ । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखिएको आलमको अस्पतालले केहीबेर अघि मृत्यु भइसकेको घोषणा गरेको छ ।
एमाले नेता नजीर मियाँले उनको शव शिक्षण अस्पतालबाट निकालेर पार्टी कार्यालयमा लैजाने छलफल भइरहेको बताएका छन् ।
आलमको शव गृहजिल्ला बारा स्थित परवानीपुरमै लगेर अन्त्येष्टि गरिने मियाँले जानकारी दिए । संविधानसभा निर्वाचनका लागि उम्मेदवारी दिएकै भोलिपल्ट असोज १८ गते बाराको परवानीपुरस्थित चसावती मिल अगाडि आलमलाई गोली हानिएको थियो ।
गोली लागेर गम्भीर घाइते भएका उनलाई बिहीबार अस्पतालले मृत घोषणा गरेको हो । एमाले निकट मुस्लिम इत्तेहाद संगठनका अध्यक्षसमेत रहेका आलमलाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो ।
####
0 comments
Write Down Your Comment