नारायणगढ मुग्लीन सडक खण्ड अन्तर्गत चण्डिभञ्ज्याङ ६ मा बस दुर्घटनामा २८ जना घाइते
###
![]() |
चितवन, कात्तिक २ - चितवनको नारायणगढ मुग्लीन सडक खण्ड अन्तर्गत चण्डिभञ्ज्याङ ६ मा शुक्रबारराति भएको गाडी दुर्घटनामा २८ जना घाइते भएका छन् ।
नवलपरासीको त्रिबेणीबाट काठमाडौंका लागि छुटेको लु १ ख ६५५१ नम्बरको बस मुग्लिन नजिकैको पाँच किलो भन्ने स्थानमा ना ४ ख ८२५२ नम्बरको ट्रकसँग ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
ट्रक पनि नारयणगढबाट मुग्लिन तर्फ नै जाँदै थियो ।
घाइते भएका सबैको कलेज अफ मेडिकल साईन्सेज भरतपुरमा उपचार भइहेको र घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
####
0 comments
Write Down Your Comment