एमाओवादीका उम्मेदवारको गाडी तोडफोड
###
|
एमाओवादीका केन्द्रीय सदस्य तथा मोरङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेद्वार कुमारप्रसाद पौडेलको गाडी गएराती अज्ञात समूहले तोडफोड गरेको छ ।
चुनाव प्रचार प्रसारका लागि प्रयोग गरिएको को १ च ४७५० नम्बरको राईनो गाडीमा राति २ बजेतिर पथरीस्थित कोचिला राज्य समिति सदस्य एवं क्षेत्र नम्बर २ को चुनाव प्रचार प्रसार परिचालन समितिका संयोजक देवराज भण्डारीको घरमा पार्किङ गरि राखिएको अवस्थामा तोडफोड भएको हो ।
तोडफोडबाट गाडीको अगाडीको सिसा फुटेको छ । गाडी तोडफोड गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । यता उम्मेदवार पौडेलले भने चुनाव वहिष्कार गर्ने समूहले आफ्नो गाडी तोडफोड गरेको आरोप लगाएका छन् ।
####
.jpg)




0 comments
Write Down Your Comment