विश्वकप छनोटका लागि नेपाली खेलाडी चयन
###
![]() |
अन्तरराष्ट्रिय क्रिकेट परिषद्को कार्यक्रमअनुसार आगामी कात्तिक २४ देखि यूएईमा सञ्चालन हुने आइसिसी विश्व २०–२० छनोट क्रिकेट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडी चयन गरेको छ।
क्यानका कार्यालय प्रमुख छुम्बी लामाका अनुसार पारस खड्काको कप्तानी तथा ज्ञानेन्द्र मल्लको उपकप्तानीमा अन्तिम १५ तथा वैकल्पिक ४ गरी १९ जना खेलाडी छनिएका हुन्।
छनोटमा परेका अन्य खेलाडीमा शरद भेषवाकर, अमृत भट्टराई, शक्ति गौचन, वसन्त रेग्मी, राहुल विक, विनोद भण्डारी, प्रदीप ऐरी, अनिल मण्डल, सागर पुन, जितेन्द्र मुखिया, महेश क्षेत्री, सुवास खकुरेल र अभिनाश कर्ण रहेका छन्।
त्यसैगरी वैकल्पिक खेलाडीहरूमा नरेश बुढाऐर, रामनरेश गिरी, चन्द्र साउद र भुवन कार्की रहेको क्यानले जनाएको छ।
####
0 comments
Write Down Your Comment