घलेको चारतारे होटलले साढे ४ करोड घरजग्गा कर बुझायो
###

काठमाडौं, कार्तिक १३ - गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष शेष घलेको चारतारे सेराटनले घरजग्गा करबापतको झण्डै चार करोड रुपैयाँ बुझाएको छ ।

घलेको एमआईटी ग्रुप होल्डिङ् प्रालिले काठमाडौं महानगरपालिकालाई घर जग्गा कर बापत २०६५ सालदेखि २०६९ साल असोज मसान्तसम्मकोे एकमुष्ट ४ करोड ३६ लाख ७३ हजार ५७५ रुपैयाँ बुझाइएको छ ।
यो करमा १३ हजार ६ सय ४० रुपैयाँ ६४ पैसा मालपोत कर, १०० रुपैयाँ विपद् व्यवस्थापन कोषका लागि रकम र निवेदन दस्तुरवापत् १० रुपैयाँ समेत समावेश छ ।
७ सय देखि ८ सय करोड रुपैयाँ लगानीमा स्टार उड होटल ग्रुपको ब्राण्ड नाम र सेराटन होटलको व्यवस्थापनमा पाँचतारे होटल सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।


####

0 comments

Write Down Your Comment