###
|
१४ कात्तिक, बाँके । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले मुलुकलाई संविधान दिन र लोकतन्त्र बलियो बनाउन कांग्रेसलाई दुई तिहाई बहुमत आवश्यक रहेको बताउनु भएको छ । बाँकेको नेपालगन्जमा बिहीवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कोइरालाले लोकतन्त्रप्रति प्रतिवद्ध रहेको कांग्रेसले नै लोकतन्त्रलाई बचाउने जिकिर गर्नु भयो ।
बाँके क्षेत्र नम्बर-३ का उम्मेदवार समेत रहेका कोइरालाले भन्नुभयो-’लोकतन्त्र कमजोर हुँदा मुलुक नै कमजोर अवस्थामा पुगेकोले लोकतन्त्र, शान्ति र विकासको लागिर् कांग्रेसलाई दुई तिहाई बहुमतले जिताउनुस् ।’ यस पटकको निर्वाचनमा कांग्रेसले जनताको विश्वास जितेको दाबी गर्दै कोइरालाले दुई तिहाई बहुमत आउने ठोकुवा गर्नु भयो ।
उहाँले किसान, दलित, मुस्लिम, महिला, जनजाती, आदीवासी लगायत सबैको अधिकार स्थापित गर्ने एक मात्र पार्टी कांग्रेस भएको दावी गर्नु भयो । उहाँले आफ्नो पार्टीभित्र आन्तरिक कलह नभएको बताउँदै सबै काँग्रेसी कार्यकर्ताहरु निर्वाचनको प्रचारमा होमिएको बताउनुभयो । उहाँले काँग्रेसको लहर बढेको देखेर देशभर एकीकृत माओवादीका कार्यकर्ताहरु अत्तालिएर काँग्रेसका कार्यकर्ता र उम्मेदवारमाथि आक्रमण गरेको दावी गर्नु भयो ।
####
.jpg)




0 comments
Write Down Your Comment