###
|
एमाले उम्मेदवार महमुद आलमको हत्या आरोपमा एमालेकै पूर्वसभासद् रामचन्द्र प्यासी कुसवाह पक्राउ परेका छन् । काठमाण्डौंबाट खटिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीको टोलीले शनिबार राति उनलाई बाराको पथलैयानजिकै पक्राउ गरेको आजको पत्रपत्रिकामा खबर छ।
संविधानसभा निर्वाचनमा प्रत्यक्ष उम्मेदवारी दिएको २४ घन्टा नपुग्दै १८ असोजमा बाराको परवानीपुरस्थित चवासती खाद्य उद्योग अगाडि आलममाथि गोली प्रहार भएको थियो । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुईजनाले आलमलाई आक्रमण गरी भागेका थिए । उपचारका क्रममा उनको काठमाण्डौंमा निधन भएको थियो ।
एमाले उम्मेदवारको हत्या निर्वाचन विथोल्ने अथवा भारतीय आपराधिक समूहले गरेको भनेर सुरुदेखि नै चर्चा थियो, तर प्रहरीले भने एमालेकै पूर्वसभासद् प्यासीमाथि शंका गरेर निगरानी बढाएको हो । पारम्भिक अनुसन्धानमा दोषी देखाएपछि उनलाई गिरफ्तार गरिएको प्रहरी स्रोतको भनाई छ ।
रामचन्द्र प्यासी ०३६ को विद्यार्थी आन्दोलनदेखि राजनीतिमा लागेका हुन् । र, उनले नै महम्मुद आलमलाई एमालेमा अघि बढाएका हुन् । तर, दुवैजना तस्करीलगायतको अपराधमा संलग्न रहेको विषयमा प्रहरीले धेरै अघिदेखि नै अनुसन्धान गर्दै आएको थियो ।
यता मिडिमायासमेत लगानी रहेका प्यासी दुई वर्षअघि बन्द भएको नेशनल टेलिभिजनका सञ्चालक थिए भने अहिले उनी वीरगन्जमा सञ्चालित गढीमाई एफएमका अध्यक्ष हुन् ।
####
.jpg)





0 comments
Write Down Your Comment