३३ दलले २५ गते मात्र आमताड्ताल गर्ने, अन्य दिन गाडी चल्न नदिने
###

२४ कात्तिक, काठमाडौं । नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले पूर्व घोषित चुनाव बहिस्कार आन्दोलनका कार्यक्रमलाई परिर्माजन गर्दै भोलि २५ गते मात्र आमहड्ताल गर्ने भएको छ । २६ गतेदेखि मंसिर ५ गतेसम्म यातायात मात्र बन्द गर्ने ३३ दलको निर्णय छ ।

माओवादी पार्टी कार्यालय बुद्धनगरमा जारी ३३ दलको बैठकले आन्दोलनको स्वरुप परिर्वतन गरेको हो । यसअघि ३३ दलले आफ्नो सहभागिताविना हुने चुनावको सक्रिय बहिस्कार गर्ने भन्दै कात्तिक २५ गतेदेखि मंसिर ५ गतेसम्म आमहड्ताल गर्ने घोषणा गरेको थियो ।
####

0 comments

Write Down Your Comment