###
|
अमेरिकाका पूर्व राश्ट्रपति जन एफ केनेडीको यो भनाई बाट प्रसंङग शुरु गर्न पर्यो: "तिम्रो देशले तिमीलाई के दियो भनेर नसोध, बरु तिमीले आफ्नो देशलाई के दियौ भनेर सोध।"
गाउं, समाज र देशका लागि केही गर्छु भनेर जनताको विश्वास जित्न प्रयास गर्ने र जनताको मतले देशको कानुन, संविधान बनाउनेछौं भनेर जनता द्वारा चुनिनु भएका सम्पुर्ण सभासदहरूलाई बधाई छ । वहाँहरूलाई जनताले आफ्नो साथै देशका लागि महत्वपुर्ण काम गर्नुहुन्छ भनेर जिताउनु भएको हो।
त्यसो हो भने कुनै पनि ठुलो र्याली, आमसभा, उत्सव, भेला ईत्यादिमा किन 'नेपाली झण्डा' प्रयोग नगरि पार्टीको झण्डा मात्र प्रयोग गर्नुहुन्छ ?
अब हुने त्यस्ता ठुला कार्यक्रमहरुमा सुन्दर नेपाली झण्डा सबै नेपाली जनताका हातमा हेर्न पाउँदा स्वदेश तथा विदेशमा बस्ने नेपाली तथा नेपललाई माया गर्नेहरूको छाती गर्वले फूल्ने थियो होला।
शिर देखि पाउ सम्म नेपालीपन सधैं छ,
तराई, पहाड, हिमाललाई बोक्ने शाहस ज्युँदै छ
सगरमाथा, बुद्ध, सीता, अरनिको यहिँ छन्
संसारले गौरव गर्ने "वीर" नेपाली ज्युँदै छन् ।
सगरमाथा, भगवान गौतम बुद्ध, सीता माता, अरनिको लगायत अन्य महान आत्माहरूको पावन भुमी नेपाललाई विश्वले हेरिरहेको छ । नेपाली झण्डाको पहिचान गराउन सके मुलुकभित्रका विभिन्न पार्टि तथा सिद्धान्तका वारेमा पछि जानकारी गराए भईहाल्छ नि । मलाई आशा छ नेपाललाई माया गर्ने सम्पुर्ण 'नेत्रित्व वर्गले' यसलाई सकारात्मक रुपमा लिनु हुनेछ ।
शान्तिको मार्ग बुद्ध तिमीले मानवलाई देखायौ
"नेपाल" आफ्नो मात्रिभुमीलाई बिश्वमा चिनायौ ।
यो छोटो भिडियो मा 'नेपाली झण्डा' देख्न पाउँदा खुशीको सिमाना रहेन ।
आँफु पनि हेर्नुहोला तथा अरुलाई पनि शेयर गर्नु होला ।
####
.jpg)





0 comments
Write Down Your Comment