तिहारको अवसरमा टेलिकमको छुट
###

कात्तिक १६ – तिहारको अवसरमा नेपाल टेलिकमले पोष्टपेड, प्रिपेड, सिडिएमए र पिएसटिएन गरी सबै प्रकारका टेलिफोन र इन्टरनेट सेवामा छुट दिएको छ । नेपाल टेलिकमकै नेटवर्कभित्र हुने एसएमएसमा २३ गतेभित्र ५० प्रतिशत छुट दिइएको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार मोवाइलको महसुल दरमा शनिबारदेखि आउँदो २३ गतेसम्म १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

 यसै अवधिमा सिडिएमए र जिएसएम पोष्टपेड र प्रिपेड मोवाइलमा दैनिक भ्वाइस कलमा खर्च गरेको रकममा १ देखि ५ रुपैयाँसम्म बोनस दिइने पनि टेलिकमले जनाएको छ । दशैंमा पनि टेलिकमले यस्तै छुट सुविधा दिएको थियो ।
####

,

0 comments

Write Down Your Comment