###
|
१७ मंसिर, रामेछाप । रामेछापको रामपुर गाविसको च्यास्कु बजारबाट सदरमुकाम मन्थली आउँदै गरेको बा २ ख ३१६६ नम्बरको यात्रुवाहक वस सुकाजोर गाविस- ६ पात्लेवनमा सोमबार बिहान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्युभएको हो भने एकजनाको रामेछाप अस्पतालमा उपाचारका क्रममा मृत्यु भएको हो ।
मन्राथली जाँदै गरेको सो बसर रामपुरबाट काठमाडौ जाँदै गरेको बसलाई उछिन्न खोज्दा सडकबाट करिब ५० मिटर तल झरेको हो । दुर्घटनामा एकै गाविसका ५ जनाको ज्यान गएको छ । रामपुरबाट रामेछाप जाँदै गरेका रामपुर-१ का ६० वर्षीय महावीर माझी, सोही गाविस-५ की ५० वर्षीया कमला तामाङ, रामपुर-२ का ५५ वर्षीय निरबहादुर तामाङ, ५० वर्षीय डोरराज तामाङ, रामपुर गाविस-३ का ८५ वर्षीय सन्तबहादुर श्रेष्ठ र चिसापानी-१ की २५ वर्षीया जानुका श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा मृत्यु भएका अर्का एकजनाको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा झण्डै २० जना घाइते भएका छन् । घाइतेहरुलाई उद्धार गरी उपचारका लागि रामेछाप अस्पताल लगिएको छ । दुघर्टनामा गम्भीर घाइतेमध्ये ५ जनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौ ल्याउन लागिएको छ ।
यात्रुले खचाखच भरिएको बस सडकबाट करिव २ सय मिटर तल खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरूको शव पोस्टमाटमका लागि रामेछाप अस्पतालमा पुर्याइएको छ । घटनास्थल सदरमुकाम मन्थलीबाट १५ किलोमिटर उतरमा रहेको छ ।
दुर्घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयबासीले उद्दार गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले जानकारी दिनुभयो । कच्ची सडकमा परेको तुसारोले गाडी चिप्लिएको अनुमान गरेपनि दुर्घटनाको कारण खुल्न नसकेको पराजुलीले बताउनुभयो ।
####
.jpg)




0 comments
Write Down Your Comment