###
|
विराटनगरमा अख्तियार प्रमुख लोकमान सिंह कार्की पत्रकारसँग जंगिएपछि विवाद उत्पन्न भएको छ। प्रश्न सोधेकै कारण पत्रकारलाई हप्काएपछि पत्रकारहरु उनको विरोधमा उत्रिएका हुन्। विरोधमा उत्रिएका पत्रकारलाई अहिले प्रहरीले गिरफ्तार गरिरहेको अजित तिवारीले जनाएका छन्।
विराटनगर पुगेका कार्कीले जिल्ला प्रशासन कार्यालयको सभाकक्षमा पत्रकार सम्मेलनका लागि बोलाएका थिए। उनले त्यहाँ आफ्नो मन्तव्य दिएपछि पत्रकारले प्रश्न सोधेका थिए। उनको अख्तियारमा नियुक्तिपछि सुपारी तस्करी बढेको विषयमा पत्रकारले प्रश्न सोधेपछि जंगिँदै पत्रकारलाई गाली गर्न थालेका थिए। 'वास्टर्ड' भन्दै पत्रकार सम्मेलनबाट बाहिरिन थालेपछि पत्रकारहरुले पेशागत अपमान भएको भन्दै उनीविरुद्ध नारावाजी गर्दै बाटो रोकेका थिए।
कार्कीलाई बाटो छेकिएपछि प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीले धर्नामा बसेका पत्रकारहरुलाई गिरफ्तार गरेको छ। अहिले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ।
####
.jpg)




0 comments
Write Down Your Comment