पूर्व इजरेली प्रधानमन्त्री शेरोनको मृत्यु
###
![]() |
भूतपूर्व इजरेली प्रधानमन्त्री एरिएल शेरोनको ८५ वर्षको उमेरमा मृत्यु भएको छ।
मस्तिष्क घातपछि उनी आठ वर्षम्म अचेत अवस्थामा रहेका थिए।
हालैका दिनहरुमा उनको मृगौलाले काम गर्न छाडेकाले उनको अवस्था निकै बिग्रेको थियो।
उनको तेल अभिभबाहिर शेबा मेडिकल केन्द्रमा उपचार भइरहेको थियो। शेरोन इजरेलको सैन्य तथा राजनीतिक क्षेत्रका चर्चित व्यक्तित्व थिए। विवाद "कुनै पनि मृत्यलाई उत्सवका रूपमा लिन सकिन्न, तर दुर्भाग्यवश मैले के भन्नुपर्छ भने, शेरोनले प्यालेस्टेनीहरूबीच राम्रो सम्झना छाडेर गएका छैनन्" एक अग्रणी प्यालेस्टेनी नेता मुस्ताफा बर्गौटी तर उनको लामो कार्यकाल थुप्रै विवादहरुले भरिएको थियो। सन् १९८० को दशकताका उनी रक्षामन्त्री रहँदा, युद्ध अपराध गरेको आरोप उनीमाथि लागेको थियो। उनी सन् १९४८ मा इजरेलको गठनपछि सबै युद्धमा सहभागी भएका थिए।
कतिपय इजरेलीले उनलाई ठूला सैन्य नेता मान्दछन् तर प्यालेस्टेनीहरू उनलाई राम्रो मान्दैनन्। एक अग्रणी प्यालेस्टेनी नेता मुस्ताफा बर्गौटीले भने, "कुनै पनि मृत्यलाई उत्सवका रूपमा लिन सकिन्न, तर दुर्भाग्यवश मैले के भन्नुपर्छ भने, शेरोनले प्यालेस्टेनीहरूबीच राम्रो सम्झना छाडेर गएका छैनन्। "उनको बाटो युद्धको थियो जसले प्यालेस्टेनीहरू सित शान्ति स्थापना गर्न सहयो पु-याएन।"
महत्वपूर्ण भूमिका सन् १९६७ र १९७३ मा शेरोनले नेतृत्व गरेको सैनिक डिभिजनले इजरेलको सफलतामा महत्वपूर्ण भूमिका खेलेका थिए। सन् १९८२ मा रक्षामन्त्री रहेका बेला उनले लेबननमाथि आक्रमण गर्ने योजना बनाएका थिए। त्यसबेला सो कदमको उद्धेश्य इजरेलको उत्तरी सीमानालाई आतंककारी आक्रमणबाट जोगाउनु बताइएपनि, प्रमुख प्राथमिक्ता चाहीं तत्कालीन प्यालेस्टेनी नेता यास्सेर अराफातको संगठन पिएलओलाई ध्वस्त पार्नु थियो। त्यसबेला स्वतन्त्र प्यालेस्टाईनका लागि संघर्ष गरिरहेका समूहले इजरेलमा आक्रमण गर्ने गरेका थिए।
आक्रमणका क्रममा लेबननका इसाई सैनिकहरुले इजरेली सेनासँग मिलेर बेरुतस्थित शरणार्थी शिविरमा सयौं प्यालेस्टिनीको हत्या गरेका थिए। नरसंहारको जिम्मा त्यसपछि इजरेलले सो घटनाबारे अनुसन्धान गर्न आदेश दिएको थियो। पछि शेरोनले उक्त नरसंहारको जिम्मा लिएका थिए। यसका बावजुद उनले १८ वर्ष प्रधानमन्त्री पद सम्हाले। उनी अधिनस्त प्यालेस्टिनी क्षेत्रमा यहूदी बस्ती बसाउने पक्षमा थिए। सन् २००५ मा उनले इजरेलमा विरोधबीच गाजापट्टीबाट इजरेली सेना फिर्ता बोलाउने एकतर्फी घोषणा गरे। इजरेलमा धेरैले उनले आफ्नो देशको सीमाको जोड्दार रूपमा रक्षा गरेको भनी उनको प्रशंसा गरेका थिए।

####
0 comments
Write Down Your Comment