###
|
पर्वत, माघ ६ । पर्वतमा मुलुककै अग्लो र लामो झोलुंगे पुलको निर्माण थालिएको छ । सदरमुकाम कुश्माबजारस्थित बडागाउँदेखि छिमेकी जिल्ला बाग्लुङको बलेवा जोड्ने वडागाउँ–कैया झोलुङ्गे पुलको निर्माण तीव्र बनाइएको हो ।
गत महिनादेखि पुल बनाउन थालिएको हो । दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि आगामी असार महिना भित्रै निर्माण सकाउने गरी निर्माण भैरहेको छ । कालीगण्डकी नदीमाथि बन्ने झोलुंगे पुल १ सय ६६ मिटर अग्लो हुने छ ।
यो मुलुककै सबैभन्दा अग्लो झोलुंगे पुल हुनेछ । पर्वत सदरमुकाम कुश्मालाई बागलुङको नारायणस्थानसँग जोड्ने गरी निर्माणाधिन पुलको लम्बाई ३ सय ४७ मिटर रहेको छ ।
पुल निर्माणका लागि झण्डै २ करोड लाग्ने अनुमान गरिएको छ । पुल निर्माणपछि बागलुङको नारायणस्थान, पैयुँपाटा, अमलाचौर, कुश्मीशेरालगायत डेढ दर्जन गाबिसका वासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित हुने छन् ।
####
.jpg)





0 comments
Write Down Your Comment