रेग्मीद्वारा प्रधान्यायाधीशबाट राजिनामा
###

२८ माघ, काठमाडौं । मन्त्रिपरिषद् अध्यक्षबाट विदा लिएर खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिएका छन् । नयाँ प्रधानमन्त्रीको सपथ अघि देशवासीलाई सम्बोधन गर्दै रेग्मीले संविधानले आफूलाई फेरि प्रधानन्यायाधीश बन्न बाधा नगरे पनि बनेर सर्वोच्च अदालत नर्फकने घोषणा गरेका हुन् । उनले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न पाउनु सुखद अनुभुती दिलाउने क्षण भएको बताए । एक वर्षभित्र संविधान बने आफ्नो मनलाई शान्ति हुने र सबैभन्दा ठूलो पुरस्कार हुने उनले बताए ।
####

0 comments

Write Down Your Comment