एमालेले प्रधानमन्त्रीको सपथग्रहण बहिष्कार गर्ने
###
![]() |
वामदेवले भने- कांग्रेसले धोका दियो, सुखसँग बस्न दिँदैनौं
२८ माघ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाको सपथग्रहण कार्यक्रम एमालेले बहिस्कार गर्ने भएको छ । एमाले उपाध्यक्ष वामदेव गौतमले पत्रकार सम्मेलन गरेर भनेका छन्- ‘नेपाली कांग्रेसले धोका दियो, हामी पनि उसलाई शान्तिसँग बस्न दिँदैनौं ।’ आफ्नो दललाई गृहमन्त्री दिने सहमति कांग्रेसले तोडेको भन्दै एमाले नेताहरुले प्रधानमन्त्रीको सपथग्रहण कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेका हुन् ।यसैक्रममा सिंहदरबार नजिकै राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको आठौं केन्द्रीय परिषद्मा बोल्दै एमाले उपाध्यक्ष वामदेव गौतमले कांग्रेसले धोका दिएको हुनाले उसलाई सरकारमा शान्तिसँग बस्न नदिने बताए ।
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको आठौं केन्द्रीय परिषद् कार्यक्रममा बोल्दै उपाध्यक्ष गौतमले भने, ‘सहमतिमा हस्ताक्षर गरेको मसी नसुक्दै गृह दिन्न भनेर कांग्रेसले धोका दियो, सुशील कोइरालाले प्रधानमन्त्रीको सपथ खाएपछि निरंकशु चरित्र देखाए’, उपाध्यक्ष गौतमले भने, ‘लोकतन्त्रको मसिहाको निरंकुशता विरुद्द देशब्यापी अभियान थाल्छौं ।’ विदेशी शक्तिसँग झुकेर कांग्रेसले कम्यूनिष्टलाई ००६ सालदेखि नै धोका दिँदै आएको उपाध्यक्ष गौतमले बताए । ‘००६ सालमा पनि पुष्पलाललाई कांग्रेसले धोका दिएकाले कम्यूनिष्ट पार्टी जन्मेको थियो, अहिले पनि कांग्रेसले त्यही ब्यबहार हामीलाई गरिरहेको छ’, गौतमले भने, ‘अहिले पनियति निर्लज्ज तरिकाले २४ घन्टा पनि बित्न नपाउँदै सम्झौता भएको कुरा दिन सक्दैनौं भन्नुजस्तो धोकाको राजनीति अरू के हुन सक्छ ?’ स्थायी कमिटी बैठक जारी कांग्रेसले गृह नदिएपछि अफ्ठेरोमा परेको एमालेले पछिल्लो परिस्थितिबारे छलफल गर्न एमालेले मंगलबार दिउँसो स्थायी समितिको आकस्मिक बैठक बोलाएको छ । स्थायी कमिटीको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ ।
####
0 comments
Write Down Your Comment