बुटवलमा निमको रुखबाट एकाएक दुध बग्न थालेपछि निमको रुख हेर्नेहरुको भीड
###

भैरहवा, २१ माघ ।
रुपन्देहीको देविनगरमा रहेको निमको बोटबाट सेतो तरल पदार्थ निस्केपछि देउता निस्किएको भन्दै अहिले त्यस क्षेत्रमा निमको रुख हेर्नेहरुको भीड बढेको छ । निमको बोटबाट सेतो फिज जस्तो तरल पदार्थ निस्केपछि रुख हेर्न र दर्शन गर्ने स्थानीयहरुको भीड बढेको हो ।


माघ १ गतेदेखि देविनगर चौपारीदेखि दक्षिणपट्टी रहेको निमको रुखबाट सेतो तरल पदार्थ निस्केको थियो । स्थानीय बुद्धिजिवीहरुमा पनि देवता प्रकट भएको भन्ने कुरामा एकमत भेटिएको छैन । कतिपयले देवता प्रकट भएको र कतिपयले प्राकृतिक रुपमानै रुखबाट चोप निस्केको बताएका छन् ।
फोटो क्याम्प्स: रुपन्देहीको देविनगरमा रहेको निमको रुखबाट सेतो तरल पदार्थ निस्केपछि हेर्नेहरुको भीड ।
फोटो क्याम्प्स: रुपन्देहीको देविनगरमा रहेको निमको रुखबाट सेतो तरल पदार्थ निस्केपछि हेर्नेहरुको भीड ।
माघ १ गतेदेखि लगातार रुपमा बोटबाट सेतो दुध जस्तै पदार्थ बगिरहेको प्रत्यक्षदर्शी स्थानीय विष्णु ज्ञवालीले बताए । माघको पहिलो दिन देखि नै तरल पदार्थ बगिरहेपनि सुरुमा कसैले केही चासो नदिएपनि माघ १० गतेदेखि भगवानको स्वरुप नै उत्पत्ति भएको भन्दै स्थानीयहरु संगठित भएर संरक्षणमा समेत लागेका छन् ।
संरक्षणको निम्ति रामचन्द्र तिवारीको अध्यक्षतामा संरक्षण समिति गठन गरेका छन् । हिन्दु परम्परा अनुसार निमको बोटलाई धर्मको आस्थाका रुपमा सवैले पुजा अर्चना गरिरहेका छन् भने स्थानीयहरु कतिपयले साझको समयमा भजन किर्तन समेत गरेका छन् । तर कतिपय स्थानीयहरुले भने रुखको रसलाई दुध ठान्ने हाम्रो अन्धविश्वास भएको समेत बताएका छन् । सो स्थानमा स्थानीयहरुले दैवीशक्ति प्रकट भएको ठहर गरेर नरनारीहरु पााच रुपैंया, दश रुपैंया, बीस रुपैंयाका यस्तै नोटको माला नै लगाई दिने गरेका छन् ।
फोटो क्याम्प्स: रुपन्देहीको देविनगरमा रहेको निमको रुखबाट सेतो तरल पदार्थ निस्केपछि हेर्नेहरुको भीड ।
फोटो क्याम्प्स: रुपन्देहीको देविनगरमा रहेको निमको रुखबाट सेतो तरल पदार्थ निस्केपछि हेर्नेहरुको भीड ।
स्थानीय रोशन लामिछानेले निमको रुखबाट चोप आएको तर दुध भने नआएको बताए । उनले निमको रुखको भौतिक शक्तिको स्वरुप भएकाले जिवित रुखको अस्तित्व र लक्षण अनुरुप रुखबाट चोप आएको बताए । सामान्य रुपमा रुख काट्दा त्यसको चोप बग्ने यथार्थ भएकाले त्यसलाई भगवानको स्वरुप मान्न नसकिने उनको भनाइ छ । उत्पत्ति क्षेत्र संरक्षण समितिका अध्यक्ष रामचन्द्र तिवारीले यसलाई अन्धविश्वास मान्न नसकिने बताए । मानिसहरुका विभिन्न सोंच हुने गरेपनि यो सत्य रुपमा भगवान नै उत्पत्ति भएको उनको दावी छ । रस निस्केको स्थानमा २० बर्ष पहिले बेलको रुख भएको र सो रुखमा स्थानीयहरुले पुजा गर्ने गरेको स्थानीय राम बहादुर थापाले बताए । लामो समयसम्म त्यस स्थानमा स्थानीयहरुले नाग सर्पको पुजा गर्ने गरेको भएपनि अहिले त्यसको पछाडि मन्दिर स्थापना गरी नाग सर्पको पुजा गरिरहेको उनको भनाइ छ ।
अहिले बोट भएको स्थानमा स्थानीयकै भाषामा धर्मावलम्बीहरुको भीड लाग्ने गरेको छ । स्थानीयहरुले सो स्थानमा इच्छा अनूरुप दान समेत गर्ने गरेका छन् । संरक्षण समितिका अध्यक्ष तिवारीले दिएको जानकारी अनुसार अहिलेसम्म दानपेटिका बाट ३१ हजार रकम संकलन भएको छ भने करिब ५ हजार भन्दा बढी रकम दानपेटिकामै गन्न बाकी रहेको बताए । रस निस्केको स्थानमा माताहरु आई सेती नाग उत्पत्ति भएका कारण नागको फिज अनुसार सेतो तरल पदार्थ निस्केको र त्यो खान नमिल्ने बताए । सडक क्षेत्रभित्र रहेको निमको बोट सडक विस्तारको क्रममा डिभिजन सडक कार्यालय बुटवलले हटाउने भएपछि स्थानीयहरुले जम्मा भएको रकम र स्थानीयबाट केही रकम संकलन गरी बोटको जरा पुगेको कुनै स्थानमा मन्दिर बनाउने योजना रहेको जानकारी दिए ।
####

,

0 comments

Write Down Your Comment