दुई वर्षपछि मेलम्ची काठमाडौँमा
###
![]() |
२१ माघ, सुन्दरीजल । मेलम्चीको पानी २०७३ वैशाख १ गते काठमाडौँ उपत्यकावासीका घर-घरमा खसाल्ने लक्ष्यसहित सरकारले जोडतोडका साथ काम गरिरहेको छ । जापानी विकास नियोग जाइकाको आर्थिक सहयोगमा निर्माण हुन लागेको प्रशोधन केन्द्र २०७२ चैत मसान्तसम्ममा निर्माण सम्पन्न भई अर्को नयाँ वर्षमा पानी आउने जिकिर गरिएको छ ।
मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन केन्द्रको आज सुन्दरीजलमा शिलान्यास गर्दै सहरी विकासमन्त्री छविराज पन्तले राष्ट्रिय प्राथमिकताप्राप्त मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न सबै पक्षले सकारात्मक सहयोग पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
सहरी विकास मन्त्रालयका सचिव किशोर थापाले मेलम्ची खोलाबाट २६.५ किमि सुरुङ निर्माण गरी सुन्दरीजलमा ल्याइने पानी प्रशोधन गर्न रु पाँच अर्ब लागतमा प्रशोधन केन्द्र निर्माण गर्न लागिएको जानकारी दिनुभयो । प्रशोधन केन्द्रमा आठ करोड ५० लाख लिटर पानी प्रशोधन गर्ने क्षमता हुनेछ । सभासद् रामेश्वर फुयाँलले राष्ट्रिय प्राथमिकताप्राप्त मेलम्ची खानेपानी आयोजनालाई तोकिएकै समयमा सम्पन्न गराउन राजनीतिक दलका तर्फबाट सहयोग जुटाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस [श्रोत ओन्लाइन खबर ]
####
0 comments
Write Down Your Comment