एकै वेतमा ३ वाछा
###

भोजपुर, माघ २७ - भोजपुरमा एक कृषकको गाईले आईतबार विहान एकै बेतमा ३ वटा बाछा जन्माएको छ । जिल्लाको दक्षिण खैराङ्ग गाउँ विकास समिति वार्ड नं. ९ निवासी शेरबहादुर राईले पालेको गाईले १ वटा वहर र २ वटा वाछी जन्माएको हो । स्थानीय जातको गाईले दोस्रो बेतमा ३ वटा वाछा जन्माएपछि वरपरका मान्छेहरु रमीत हेर्न जानेको घुँईचो लागेको घोडेटारका नारायणप्रसाद निरौंलाले बताउनुभयो । माउ तथा वाछावाछी सबै स्वस्थ छन् ।
####

,

0 comments

Write Down Your Comment