ठगको सूचना दिनेलाई ३ लाख पुरस्कार
###
|
काठमाडौं, माघ २७ - कीर्ते गरी दुई करोड रुपैयाँ ठगी गर्नेको बारेमा सूचना दिनेलाई मेगा बैंक नेपाल लिमिटेडले तीन लाख रुपैंया पुरष्कार दिने घोषणा गरेको छ ।
मेगा बैंकमा रहेको टुरिजम डेभलपमेन्ट बैंकको खाताबाट अभियुक्तले दुई करोड नौ लाख ९० हजार रुपैयाँ ठगी गरेका थिए ।
बैंकको शाखा कार्यालय तथा क्लियरिङको माध्यमबाट राष्ट्रिय बाणिज्य बैंकबाट रकम ठगी भएको मेगा बैंकले जनाएको छ ।
घटनाका विषयमा मेगा बैंकले बिहीबार नै नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखामा उजुरी दिएको थियो, जुन अहिले अनुसन्धानको प्रक्रियामा छ ।
मेगा बैंकले अभियुक्तका बारेमा सूचना दिइ पक्राउका लागि सहयोग गर्न सर्वसाधारणलाई अपिल गरेको छ ।
पक्राउका लागि अभियुक्तको हालको अवस्था, यकीन सूचना तथा विस्तृत जानकारी नजिकको प्रहरी कार्यालय अथवा फोन नम्बर ९८०३९२५०३७ मा दिन मेगा बैंकले सर्वसाधारणलाई अनुरोध गरेको छ ।
####
.jpg)




0 comments
Write Down Your Comment