नेसाज जापानको कार्यशाला गोष्ठी शनिवार
###

टोक्यो । जापानमा रहेका नेपाली बिद्यार्थीहरुको साझा संस्था नेपाली विद्यार्थी समाज जापान नेसाज ले ज्ञान अदान प्रदानसम्बन्धि कार्यशाला गोष्ठी गर्ने भएको छ । नेसाजले ‘नेपालको कल्याणका लागि साझेदारी ज्ञान’ सम्बन्धि कार्यशाला गोष्ठी फेब्रुअरी २२ तारिख शनिवारका दिन क्योटो युनिभर्सिटीमामा हुनेछ ।

 कार्यशाला गोष्ठीमा जापानमा रहेका अनुसन्धानकर्ता, प्राध्यापकहरु, यहाँ अध्ययनरत नेपाली विद्यार्थीले जापानमा हासिल गरेका विभिन्न क्षेत्रका आ-आफ़्ना ज्ञान, सीप, अनुभव र दक्षतालाई मुलुकको हितमा कसरी उपयोग गर्न सकिन्छ भन्ने बिषयमा बृहत छलफल तथा अनुभव साटासाट गर्ने नेसाजका अध्यक्ष जिवकराज बज्राचार्इले जानकारी दिनुभयो ।  उहाँका अनुसार कार्यशाला शनिवार बिहान ११ बजेदेखि ५ बजेसम्म चल्नेछ । जापानमा रहेका नेपाली बिद्यार्थीहरुको साझा संस्था नेसाजले हरेक वर्ष यस्तो खालको कार्यशाला गोष्ठी गर्दै आइरहेको छ । 
####

0 comments

Write Down Your Comment