अब राहदानी लिन सजिलो, दैनिक ३ हजारसम्म वितरण
###
|
२० माघ, काठमाडौं । राहदानीका लागि रातभर जाग्राम बस्नुपरेको गुनासो बढेपछि राहदानी विभागले दोब्बरभन्दा बढी राहदानी उत्पादन र वितरण गर्ने भएको छ । अहिले दैनिक ३ हजारसम्म वितरण भइरहेको विभागले जनाएको छ । महिलाका लागि छुट्टै काउन्टरको व्यवस्था गरिएकाले २ घन्टाभित्र सजिलै र्फम बुझाउन सकिने भएको छ ।
२ वर्षदेखि राहदानीको अत्यधिक माग र थोरै काउन्टरका कारण विभाग अव्यवस्थित बन्दै आएको थियो । अब भने महिला बिहानदेखि लाइनमा बस्नुपर्दैन । बिहान ८ बजे काउन्टर खुल्ने समयमा आए सजिलै र्फम बुझाउन सकिने व्यवस्था गरिएको छ । पुरुष बढी हुने भएकाले उनीहरु ३/४ घन्टासम्म लाइन बस्नुपर्ने हुनसक्छ । ८ बजेभन्दा अघि लाइनमा बस्नेले ११ बजेसम्म र्फम लिइसक्ने विभागको दाबी रहेको कारोबार दैनिकमा खबर छ । विभागले काउन्टरको संख्या ३ बाट बढाएर ६ पुर्याएको छ ।
र्फम बुझाउने काउन्टर पनि बिहान ८ बजेदेखि खुल्ने व्यवस्था गरिएको छ । ‘राहदानी उत्पादन र विवरणको क्षमता विस्तार गरेर १ हजार २ सयबाट ३ हजार पुर्याएका छौं,’ विभाग महानिर्देशक रमेशप्रसाद खनालले भने, ‘अहिले दैनिक ३ हजारभन्दा कम नै आइरहेका छन्, उनीहरुलाई सजिलै सेवा दिइरहेका छौं ।’ हाल बिदाको भोलिपल्ट भीड बढी देखिन्छ । त्यतिबेला पनि अधिकतम २ हजार ५ सय जति मात्र हुन्छन् । फोटो बिग्रँदा सेवाग्राहीलाई समस्या हुने हुँदा त्यसलाई समाधान गर्ने विषयमा पनि छलफल भइरहेको खनालले बताए ।
####
.jpg)





0 comments
Write Down Your Comment