६ महिनामा १ खर्ब ६३ अर्ब राजस्व
###

गैरकर राजस्व पोहोरको तुलनामा ४२.६४ प्रतिशतले बढेर २० अर्ब ६९ करोड पुगेको छ। गत वर्ष गैरकर राजस्व झन्डै १४ अर्ब ५१ करोड उठेको थियो।

पुस महिनासम्मको कूल राजस्वमा सबैभन्दा बढी योगदान मूल्य अभिवृद्धि करको छ। यसको योगदान ३० प्रतिशत देखिन्छ। दोस्रो नम्बरमा भन्सार महसुल छ, जसले कूल राजस्वमा २० प्रतिशत योगदान गरेको छ। त्यसैगरी, आयकरको २१ र अन्तःशुल्कको १३ प्रतिशत योगदान छ। गैरकर राजस्वको अंश १३ प्रतिशत छ।

आइतबार सम्पन्न राजस्व अर्धवार्षिक स्थितिसम्बन्धी समीक्षा बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रविन्द्रकुमार शाक्यले पुँजीगत खर्चले अपेक्षित गति लिन नसक्नुलाई चिन्ताको विषय भन्दै यसको कारण खोजी गरी पुँजीगत खर्च बढाउनेतर्फ सम्बन्धित सबै पक्षले ध्यान दिनु जरुरी भएको बताए। पूँजीगत खर्च बढे राजस्व संकलन स्वतः बढ्ने उनले बताए। शाक्यले गैरकरका दरहरुमा समयसापेक्ष परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याए।

राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाले यो वर्ष कृषि क्षेत्रको उत्पादनमा आएको वृद्धिले आर्थिक वृद्धिदरको लक्ष्य पूरा हुने सम्भावना भए पनि त्यसले राजस्व संकलनमा खासै प्रभाव पार्न नसक्ने भएकाले राजस्व संकलनको लक्ष्य हासिल गर्न कर प्रशासनले थप प्रयास गनुपर्ने बताए। उनले पोहोरको तुलनामा २१.४६ प्रतिशत राजस्व बढ्नुलाई उत्साहजनक भने।

अर्थ सचिव शान्तराज सुवेदीले आन्तरिक राजस्व विभागको २०७० पुस मसान्तसम्मको लक्ष्य पूरा भए पनि आन्तरिक स्रोतबाट संकलन हुने राजस्व वृद्धिदर उच्च बनाउन थप प्रयास गर्नुपर्ने बताए। आयकर संकलन गत वर्षहरुको तुलनामा कमजोर देखिएको भन्दै उनले अध्ययन विश्लेषण गरी कमी कमजोरी सच्याएर अघि बढ्न विभागलाई निर्देशन दिए।

सचिव सुवेदीले आर्थिक अध्यादेश २०७० ले व्यवस्था गरेको विशेष कार्यक्रममा सहभागिता नजनाउने करदाताको प्रोफाइल तयार गरी कानुनी कारबाहीको प्रक्रियामा जानसमेत विभागलाई निर्देशन दिए।

भन्सार विभागको संकलन लक्ष्य पूरा नभए पनि औसत वृद्धिदर १९.७६ भन्दा बढी रहनुलाई उनले सकारात्मक भने।

राजस्व व्यवस्थापन महाशाखाका सहसचिव राजन खनालले सम्बन्धित विभागलाई मासिक कार्ययोजना अनुरुप कार्यसम्पादन गर्न निर्देशन दिए।

बैठकमा उपस्थित विभागीय प्रमुखहरुले आ–आफ्नो विभागको प्रगति विवरण तथा भावी रणनीति र कार्ययोजना प्रस्तुत गरेका थिए।
####

0 comments

Write Down Your Comment