साधु बस्ने एक मिटर जग्गाको भाडा ३ हजार !
###
|
२३ माघ, काठमाडौं । गृहस्थी जीवन त्यागेर हिंडेका साधुसन्तलाई न त समाजको मतलब छ न धनसम्पत्तिको । तर, स्वस्थानी नुहाउन साँखुस्थित शाली नदी आएका तिनै वैरागी साधुसन्तले १ मिटर जग्गाको ३ हजार भाडा तिर्दै आएका छन् ।
नेपाल र भारतका विभिन्न स्थानबाट शाली नली आएका साधुसन्तले १ महिना १ मिटर जग्गामा बसेबापत चर्को भाडा तिर्दै आएका हुन् ।
शाली नदी नुहाउन आएका भारत हरिद्धारका साधु जगदीशले २ वर्षयता आफूहरुमाथि शोषण भइरहेको बताए । १५ वर्षअघिदेखि शाली नदी मेला आइरहेका उनले व्यवस्थापन समितिले परिचयपत्र भिडाएर शोषण गरिरहेको बताए । ‘अर्को वर्ष त हामी आउँदैनौं, साधुसन्तलाई सम्मानसाथ राखिन्छ तर यहाँ उल्टै शोषण भइरहेको छ,’ उनले भने ।
नदी वारिपारि साधुसन्त बसेको जग्गाको मूल्य पनि फरक-फरक छ । मन्दिर परिसरका साधुले १५ सयदेखि ३ हजार र नदी पारिकाले २ हजारदेखि ३ हजार तिर्दै आएका छन् ।
हरिद्धारबाटै स्वास्थानी नुहाउन शाली नदी आएकी माता गिरिजा गिरीले साधुसन्त र मातालाई सम्मानको साटो समितिले अपमान गरेको बताइन् । शाली नदी हिन्दुहरुको पवित्र तीर्थस्थलमध्ये एक हो ।
####
.jpg)





0 comments
Write Down Your Comment