एसएसली दिन नपाउने भएपछि हेड सर थुनिए
###

रौतहट– आगामी एसएलसी परीक्षामा सहभागी हुन नपाउने भएपछि विद्यार्थीहरूले आफ्नै प्रधानाध्यापकलाई पाँच घन्टा थुनेर छाडेका छन्। परीक्षा शुल्क लिएर पनि दुई विद्यार्थीको फारम भर्न छुटाइदिएको भन्दै विद्यार्थीले जनजागृति उच्च मावि सिन्धुरेघारीका प्राध्यानाध्यक बलराम चौलागाईलाई कार्यकक्षमै थुनेका हुन्।

सो विद्यालयमा पढिरहेका दिपा दहाल र निशा गौतमको फारम भर्न विद्यालयले छुटाएको विद्यार्थीहरूको आरोप छ। 'विद्यालय प्रशासनको लापरवाहीले हामो भविष्य अन्धकारमय हुने भएपछि परीक्षामा समावेश गराउने माग गर्दै हेडसरलाई थुनेका हौं,' पीडित छात्रा गौतमले भनिन्।
प्रअ चौलागाईंले भने विद्यार्थीकै लापरबाहीले फराम भर्न छुटेको दाबी गरेका छौं। ‘मैले नियतवश फारम भर्न छुटाएको होइन,' उनले भने।
विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै सम्बन्धित निकायले परीक्षामा सामेल गराउन माग राखेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य थापाले बताए। जिल्ला शिक्षा अधिकारी लक्ष्मीप्रसाद भट्टराई भने प्रवेशिका परीक्षाको सम्पूर्ण तयारी भइसकेकाले छुटफुट भएका विद्यार्थीले अब फारम भर्न नपाउने बताउँछन्।



####

0 comments

Write Down Your Comment