समाचार
»
यसरी मनाइँदैछ शिवरात्रि (फोटो फिचर)
यसरी मनाइँदैछ शिवरात्रि (फोटो फिचर)
###
|
|
१५ फागुन, काठमाडौं । आज शिवरात्रि पर्व मनाइँदैछ । प्रत्येक वर्ष फागुन चर्तुदर्शीका दिन पर्ने सो पर्वमा हिन्दू धर्मावलम्बीले पशुपतिलगायत देशभरका शिवालयमा भगवान शिवको पूजा तथा आराधना गरी उपासना समेत गर्ने प्रचलन रहेको छ । विभिन्न १२ ज्योतिर्लिङ्गमध्ये पशुपतिनाथ पनि महत्वपूर्ण भएकाले हिन्दू धर्मावलम्बीले शिवरात्रिमा सो मन्दिरमा दर्शन तथा पूजा गर्ने प्रचलन छ । नेपालका राष्ट्रिय र आराध्य देवताका रूपमा पनि उनी पुजिन्छन् ।

वुद्धि र विवेकको अभाव तथा मोह र मायाको अन्धकारमा रही बन्धन वा पाशमा रहेकालाई पशुपतिको आराधना र उपासनाबाट मुक्ति मिल्ने विश्वास छ । पशुपतिनाथ मन्दिरमा दर्शनका लागि भारतलगायत विभिन्न देशबाट पाँच हजार साधुसन्त भित्रिएका छन् । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टण्डनले दर्शनका लागि आएका साधुसन्तको सेवा सुविधा तथा व्यवस्थापन गर्ने उद्देश्यले उनीहरुको स्तर हेरी २ सयदेखि पाँच हजारसम्म दक्षिण दिएर बिदाई गरिने व्यवस्थासमेत गरिएको जानकारी दिए । कोष र गुठी संस्थानले दक्षिणा, भेटी, दही, मिठाइलगायत खानेकुरालगायतको व्यवस्था पनि गरेको छ । भारतको आसामस्थित कामरूप कामाक्षाबाट १ सय १० वर्षका मिलनबाबा पशुपतिमा आएको कोषले जनाएको छ । नेपालको जनकपुर, वीरगन्ज, हेटौँडा, नेपालगन्ज, चितवनलगायत तथा भारतका विहार, हरियाणा, गुजरात, मुम्बइ, कर्णाटक आदि स्थानबाट साधुसन्त यहाँ आएका छन् । उनीहरू मन्दिरको आसपास क्षेत्र, श्लेषमान्तक, राम मन्दिर, अन्नपूर्ण भण्डारलगायत स्थानमा धुनी जगाउँदै, शक्तिको पूजा गरी खरानी घस्ने तथा गाँजा खाँदै निश्चिन्त भई जीवन जगत्को चिन्तन तथा परमात्माको साक्षात्कार गरिरहेका छन् ।

विभिन्न भजन कीर्तनमा समेत उनीहरू सहभागी भएका छन् । कोषका अनुसार दर्शनका लागि विभिन्न देशबाट आउने भक्तजनहरुको सुरक्षा तथा व्यवस्था गर्नका लागि करिब तीन हजार सुक्षाकर्मी र १० हजारभन्दा बढी स्वयम्सेवक परिचालन समेत गरिएको छ । उपराष्ट्रपतिको शुभकामना उपराष्ट्रपति परमानन्द झाले हिन्दू धर्मावलम्बीको पर्व महाशिवरात्रिका अवसरमा नेपालीबीच आपसी धार्मिक सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जानेमा आफू विश्वस्त रहेको बताएका छन् । महाशिवरात्रि पर्वका अवसरमा शुभकामना सन्दैश दिँदै झाले संविधानसभामार्फत लोकतान्त्रिक संविधानको निर्माण नै आजको राष्ट्रिय आवश्यकता रहेको उल्लेख गरे ।






यस चाडले सबै नेपालीलाई एकताबद्ध गर्दै उहाँले नयाँ संविधान निर्माणार्थ सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न सबैलाई प्रेरित गरोस् भनी कामनासमेत गरेका छन् । प्रधानमन्त्रीको शुभकामना प्रधानमन्त्री सुशील कोइरालाले सबै नेपालीलाई आपसमा सद्भाव र मेलमिलाप कायम राखी मुलुकको विकासमा एकतावद्ध हुन प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन् । शिवरात्रि पर्वको उपलक्ष्यमा दिएको शुभकामना सन्देशमा कोइरालाले यस पर्वले सम्पूर्ण नेपालीको बीचमा बन्धुत्व, एकता, हार्दिकता, धार्मिक सहिष्णुता प्रदान गरोस् भन्ने अपेक्षासमेत गरेका छन् । सन्देशमा बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषी राष्ट्रको रुपमा रहेको नेपालको विशेषताहरु नै विविधतामा एकता रही आएको उल्लेख गरिएको छ ।
####
0 comments
Write Down Your Comment