खरेलको निर्देशनमा प्रहरीले नै हेरे ‘मिस नेपाल’
###
![]() |
‘मिस नेपाल’ आयोजक संस्था हिडन ट्रेजरले नै प्रहरी गुहारेपछि बिहिबार जय नेपाल हल परिसरमा रमाइलो देखियो । काठमाण्डौका प्रहरी प्रमुख रमेश खरेलको निर्देशनमा ३ दर्जन प्रहरी सिनेमा हेर्न जय नेपाल हल पुगेका थिए । सिनेमा भित्र ‘मिस नेपाल’को बारेमा नराम्रो दृश्य देखाइएको भए त्यसलाई काट्न लगाउनु भन्ने आग्रह हिडन ट्रेजरको थियो । तर ‘मिस नेपाल’ सिनेमा भित्र त्यस्ता कुनै दृश्य नभएपछि प्रहरीहरुले निर्मात्री तथा नायिका शुभेच्छा थापाको प्रशंसा गरेका थिए । हिडन ट्रेजरले देखाएको कडा रबैया प्रवृती पनि अब सकिने छनक देखिएको छ । किनभने प्रहरीहरुले नै सिनेमा भित्र कुनै नराम्रा दृश्य तथा संवाद नभएको बताएका छन् । तर हिडन ट्रेजरले भने सिनेमा नै नहेरी च्यारेटी गर्न नदिने भन्दै लफडा मच्चाइरहेको थियो । ‘मिस नेपाल’का बारेमा सिनेमा भित्र नकारात्मक कुरा समेत रहेको आशंकाले हिडन ट्रेजर आयोजकहरुको चैन हराएको थियो । तर आज बिहान जय नेपाल हलमा गरिएको च्यारेटी पश्चात भने ‘मिस नेपाल’को निर्माणपक्षले केही दिनदेखि भोग्दै आएको तनाव समाप्त हुने भएको छ ।
####
0 comments
Write Down Your Comment