सुरक्षित बनाऔं स्मार्टफोन
###
|
हिजोआज धेरैको हातमा स्मार्टफोन छ। सञ्चार, व्यापार, कारोबारजस्ता दैनिक जीवनका क्रियाकलापलाई सघाउँदै यसले दैनिक जीवनमा ठूलो मद्दत पुर्याइरहेको छ। यसको प्रयोगमा थोरै हेलचेक्र्याइँ वा लापरबाही गरियो भने ठूलो घाटा लाग्न सक्छ। यसबाट तपाईंका महत्त्वपूर्ण र गोप्य सूचना, जानकारी वा डाटा चोरी हुने हराउनेसम्मका समस्याको सामना गर्नुपर्ने हुन्छ।
यस्तै स्मार्टफोन बिग्रिएर धनराशि क्षति हुने सम्भावना पनि उत्तिकै हुन्छ। स्मार्टफोनमा जहिले पनि पासकोर्ड प्रयोग गर्नुहोस् अथवा स्क्रिन लक प्याटर्न सेट गर्नुहोस् अथवा लक स्क्रिन प्याटर्न सेट गर्नुहोस्। यसबाट तपाईं आफ्नो फोन र यसमा भएका डाटा सुरक्षित राख्न सक्नुहुन्छ।
एन्ड्रोइड फोन प्रयोग गर्नुहुन्छ भने फोनलाई सुरक्षित राखेपछि आफ्नो गुगल अकाउन्टको सुरक्षामा पनि ध्यान दिनैपर्छ। यसको लागि तपाईं आफ्नो अकाउन्टको सेटिङमा गएर टु स्टेप भेरिफिकेसन अप्सन अन गर्नुहोस्। जब तपाईं आफ्नो फोनमा मेल खोल्नुहुन्छ एक विशेष कोड राख्नुपर्छ, त्यो कोड तत्काल जेनेरेट भएर तपाईंको फोनमा आउँछ। यस्तै विधिबाट आइफोन प्रयोगकर्ताको आइक्लाउड स्टोरेज अकाउन्ट पनि सुरक्षित राख्न सकिन्छ।
एप्पल प्रयोगकर्ताको लागि जेलब्रेकिङ एक किसिमको प्रविधि हो जसको मद्दतले तपाईं फोनको सफ्टवेयरलाई आफ्नो हिसाबले सेट गर्न सक्नुहुन्छ। यसबाट फोनको ग्यारेन्टी र वारेन्टी त जान्छ नै तपाईंलाई फोनको भित्री पार्टको बारे धेरै जानकारी छैन भने तपाईंको फोन बिग्रिन पनि सक्छ। त्यसैले यसलाई प्रयोग नगरेकै राम्रो।
एन्ड्रोइड प्रयोगकर्ताको लागि गुगल प्लेमा लाखौं एप्स उपलब्ध छन्। गुगल प्लेबाहेक अन्य साइटमा पनि उत्तिकै नि:शुल्क एन्ड्रोइड एप्लिकेसन उपलब्ध हुन्छन्। तर त्यस्ता एप्पिकेसन आधिकारिक नहुने भएकोले भुलेर पनि डाउनलोड गर्नु हुँदैन। आइफोन प्रयोगकर्ताको लागि आइट्युन विन्डोज फोन (नोकिया, सोनी लगायतका) मा विन्डोज स्टोरबाट नै एप्स तथा गेम्स डाउनलोड गर्नुपर्छ।
आफ्नो मोबाइलबाट ब्यांकसम्बन्धी काम गरिरहनुभएको छ अथवा सेयर मार्केटसँग जोडिएको काम गरिरहनुभएको छ भने यसको लागि मोबाइल ब्राउजरको ठाउँमा एप्लिकेसन प्रयोग गर्नुस्। ब्राउजरबाटभन्दा एप्सबाट गरिएका क्रियाकलाप सुरक्षित हुन्छन्। स्मार्टफोनको प्रयोगकर्तालाई यी विषय सामान्य लाग्न सक्छन् तर यसमा ध्यान पुर्याइएन भने ठूलो क्षति पुग्न सक्छ।
####
.jpg)





0 comments
Write Down Your Comment