टेलिकमले २० हजार सिम निःशुल्क बाँड्ने
###
|
काठमाडौं– नेपाल टेलिकमले दशौं वार्षिकोत्सवका अवसरमा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क सिमकार्ड बाँड्ने भएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत् हिमाली तथा पहाडी क्षेत्रका ३७ जिल्लाका २० हजार महिला स्वास्थ्य स्वयंसेविकालाई नमस्ते मोबाइलको सिमकार्ड वा आइपी सिडिएमए सेवाको रिमकार्ड बाँड्न लागेको टेलिकमले जनाएको छ।
यस सम्बन्धी सम्झौतापत्रमा आइतबार स्वास्थ्य मन्त्रालय र टेलिकमबीच सम्झौता भएको हो। यो प्रयासबाट ग्रामीण तहसम्म रहेर स्वास्थ्य सेवाको क्षेत्रमा कार्यरत महिला स्वयंसेविकाको कार्य अझ प्रभावकारी हुने टेलिकमले जनाएको छ।
####
.jpg)




0 comments
Write Down Your Comment