टेक्ससमा ९१ नेपालीको नि:शुल्क स्वास्थ जाँच
###

टेक्सास । नेपाली समाज टेक्सासको आयोजनामा हरेक २ महिनामा गरिने “हेल्थ क्याम्प” को २०१४ को पहिलो अंकको रूपमा सम्पन्न भएको छ । नेपाली समाजको आफ्नै निर्मित भवनमा आइतबार सम्पन्न क्याम्प पहिले गरेको भन्दा विशेष देखिन्थ्यो । ठुलो क्षेत्रफल भएको लब्बि अनि सबै डाक्टर, नर्स तथा हेल्थ क्याम्प रजिस्ट्रेसन गर्ने छुट्टा छुटै कोठा । यस पटकको हेल्थ क्याम्प अघिल्ला हेल्थ क्याम्प भन्दा निकै व्यवस्थित रहेको नेपाली समाज टेक्सासका प्रोग्राम इन्चार्ज छाबिमणि चापगाइले जानकारी दिए ।


  डा. सन्जिब श्रेष्ठको नेतृत्वमा डा. झरना श्रेष्ठ, डा शुवेच्छा खड्का, डा शर्मिला श्रेष्ठ, डा. ड्याजल श्रेष्ठ, डा. रिया जोशी, मेडिकल अफिसर शुभद्रिका ढकाल, भीम उप्रेती तथा आर. एन. कल्पना ज्ञवाली, लक्ष्मी ओली, एलिना महर्जन, बिमषा काफ्ले, सबिता भट्टराई, यानिषा शर्मा, रचना जोशी र कमला शाक्यको टिमले “हेल्थ क्याम्प” सेवा विगत ३ वर्ष देखि पुर्याउँदै आइरहेको छ । क्याम्पमा मकर बज्राचार्य, सम्ब्रिधि भुजेल, रीता भुजेलले स्वयम सेबकीय भूमिका अनबरत रूपमा निभाउँदै आएका छन् ।

 “हेल्थ क्याम्प” को नेपाली समाज टेक्सासका तर्फबाट संयोजन गरिरहेका दिनेश शर्मा तथा बादल भुजेलले ‘ब्लड चेक” तर्फ ३८ जना तथा मेडिकल र डेन्टल मा ५३ गरी जम्मा ९१ जनाले सेवा लिएको जानकारी गराए । दिनेश शर्माले विगत २-३ वर्ष देखि नेपाली समाज टेक्सासका हेल्थ क्याम्पको ब्यबस्थापकीय जिम्मेवारी सम्हाल्दै आएका छन् ।  नेपाली समाजका महासचिव विजयराज भट्टराईले यस वर्ष (२०१४) भरि हुने सम्पूर्ण हेल्थ क्याम्प आयोजना हुने दिनको जानकारी प्रकाशित तथा नि:शुल्क वितरित क्यालेण्डर मा प्रकाशित गरिएको बताए । साथै ‘हेल्थ क्याम्प’ नेपाली समाज टेक्सास तथा एभरेस्ट लायन्स क्लब डल्लासको संयुक्त तत्वाबधानमा हुँदै आएको जानकारी दिए ।

 यस “हेल्थ क्याम्प” मा मेडिकल र डेन्टल सेवा नि:शुल्क रूपमा तथा ‘ब्लड चेक” को निमित्त १० डलर शुल्क लिने गरिन्छ । नमस्ते यूएस सँग कुरा गर्दै नेपाली समाज टेक्सासका जीवन जोशीले ‘हेल्थ क्याम्प’ को निमित्त केही थप उपकरण सहित एक शैया रहेको ‘नर्शिङ्ग रुम’ डा. सन्जिब श्रेष्ठ को सल्लाह अनुसार तयार भई रहेको जानकारी दिए । 
####

0 comments

Write Down Your Comment