सामसुङ ग्रान्ड नियो बजारमा, मूल्य साढे २९ हजार
###

काठमाडौं । कोरियन मोबाइल निर्माता कम्पनी सामसुङको स्मार्टफोन ग्यालेक्सी ग्रान्ड नियो नेपाली बजारमा भित्रिएको छ । उपभोक्ता बजारमा २९ हजार ५ सय रुपैयाँमा सामसुङ नियो खरिद गर्न सक्नेछन् । सामसुङ मोबाइलको नेपालका लागी आधिकारिक बिक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेज प्रालि -आइएमएस) ले सामसुङ नियो बुधबारदेखि नेपाली बजारमा बिक्री सुरु गरेको छ ।

 नियोमा एन्ड्रोइडको ४.२.२ जेलीवीन अपरेरिटङ सिष्टम प्रयोग गरिएको छ । यसमा १.२ गीगाहर्ज क्वाड कोर प्रोसेर, १ जीबी र्‍याम, ५ इन्चको डिस्प्ले, २१ एमएएच क्षमताको ब्याटि्र रहेको कम्पनीले जनाएको छ । एकैपटक भिन्न भिन्न एप्लिकेसन चलाउन सकिने नियोमा डिस्प्ले ठूलो भएका कारण भिडियो हेर्न, गेम खेल्न सजिलो हुने छ । यसमा दुइवटा सीम प्रयोग गर्न सकिन्छ । नियोमा पाँच मेगापिक्सेल फ्लास क्यामेरा जडान गरिएको छ ।

कम्पनीका अनुसार फोटो खिचिरहेका बेलामा दुइवटा क्यामेरा ब्लुटुथ र वाईफाई जोड्न सकिने छ । फोटो पनि एकैपटक दुई मोबाइलमा सेयर हुने सुविधा रहेको छ । ८ जीबी आन्तरिक मेमोरी रहेको नियोमा आवश्यकता अनुसार ६४ जीबीसम्म विस्तार गर्न सकिने छ । मोबाइलले थि्रजी सर्पोट गर्छ । मोबाइलको खरिदमा कम्पनीले तीनसय मेगाबाइटको दरले तीन महिना डाटा सित्तैमा उपलब्ध गराउने भएको छ ।  
####

0 comments

Write Down Your Comment