###
|
उम्मेदवारी दर्ता भोलि
४ फागुन, काठमाडौं । संविधानसभा अध्यक्ष/सभामुख चयनका लागि संविधानसभामा फागुन ६ गते मंगलबार निर्वाचन हुने भएको छ । हाल जेष्ठ सदस्यको हैसियतमा राप्रपा अध्यक्ष सूर्यबहादुर थापाले संविधानसभा अध्यक्षको भूमिका निभाउँदै आएका छन् ।
आइतबार बसेको संविधानसभा बैठकमा संविधानसभा अध्यक्ष सूर्यबहादुर थापाले संविधानसभा अध्यक्ष -सभामुख) र उपाध्यक्ष -उपसभामुख) को चुनावी फागुन ६ गते बेलुका ५ बजे गर्ने कार्यक्रम सार्वजनिक गरेका हुन् । यसअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले चुनावी तय गरेको थियो ।
सभामुखका लागि संविधानको धारा ७१ को उपधारा १ बमोजिम राजनीतिक सहमतिकै आधारमा उम्मेदवारी दिनु पर्नेछ । सहमति नभए बहुमतीय प्रक्रिया सुरु हुनेछ ।
सहमतीय र बहुमतीय दुबै प्रक्रियाबाट उम्मेदवारी दर्ताको समय फागुन ५ गते विहान १० बजेदेखि २ बजेसम्म तोकिएको छ । साढे २ बजे उम्मेदवारकेा नामावली प्रकाशित गरिनेछ ।
को बन्लान सभामुख ?
एमालेले पूर्व संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई उम्मेदवार बनाउने बताएको छ । एमाले संसदीय दलका नेता केपी ओलीले नेम्वाङलाई उम्मेदवार बनाउने बताए ।
सरकार गठनका क्रममा कांग्रेस र एमालेबीच भएको सातबुदे सहमतिमा सभामुख पद एमालेलाई दिने उल्लेख छ । तर, गृह मन्त्रालय दिने सहमतिबाट कांग्रेसपछि हटेको भन्दै एमाले सरकारमा नगएपछि दुई दलको सम्वन्ध चिसिएको छ ।
एमाओवादीले पनि सभामुखमा दावी गरेको छ । उनले सभासद कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने तयारी गरेको छ । यद्यपि दलहरुबीच सहमति नभए उम्मेदवारी दिने वा नदिनेबारे उसले केही निर्णय गरेको छैन ।
####
.jpg)





0 comments
Write Down Your Comment