वरिष्ठता लागू भए शिक्षण अस्पताल ध्वस्त हुने चेतावनी भगवान कोइरालालाई चाहिएन बरिष्ठता
###

९ फागुन, काठमाडौं । राजनीतिक भागवण्डाका आधारमा हुने नियुक्ति र कार्यकर्ता भर्तीले अधिकांश सरकारी संस्थानहरु डुबे । धेरै बन्द भइसके, चलेकाहरु पनि आज हो कि भोलि भन्ने अवस्थामा छन् । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डिनसहितका पदमा हुने नियुक्ति राजनीतिक भागवण्डामा नगर्न माग गर्दै प्रा. डा. गोविन्द केसीले आमरण अनसन छेडेपछि अस्पतालमा पनि वरिष्ठतालाई नियुक्तिको आधार मान्न थालिएको छ । वरिष्ठताका आधारमा राकेशकुमार श्रीवास्तव नियुक्त भएसँगको छ बुँदे सहमतिपछि डा. केसीले अनशन तोडिसकेका छन् ।

 तर, अब बरिष्ठताका आधारमा नियुक्त गर्ने प्रचलनसँगै आईओएम र टिचिङ हस्पिटलको भविश्य के होला भन्ने प्रश्नको जवाफ भने आएको छैन । शिक्षण अस्पताल स्रोतका अनुसार हाल डिन रहेका श्रीवास्तव औसतमा ठिकै व्यक्ति मानिन्छन् । तर, अब डिन हुने लाइनमा रहेकाहरु भने ‘योग्य’ नभएको टिचिङकै अधिकारीहरुले बताउन थालेका छन् । ‘अब फेरि बरिष्ठताको लफडा लगायो भने सम्झनुस् टिचिङ ध्यस्त हुन्छ’ नाम उल्लेख नगर्ने सर्तमा एक वरिष्ठ डाक्टरले अनलाइनखबरसँग भने-’श्रीस्तावपछि डिन हुने लाइनमा भएका १० नम्बरसम्मका कोही पनि काम लाग्ने छैनन् ।’ वरिष्ठताका आधारमा श्रीस्तास्तवपछि रहेका प्रकाश सायमी र अरुण सायमी यसअघि नै डिन भइसकेका छन् । त्यसपछि लाइनमा रहेका जगदीश अग्रवाल, डिएन साह, आश्मा राणा र गीता सायमीबाट टिचिङ हस्पिटल उँभो नलाग्ने उनको दाबी छ । ‘बाहिर चिटिक्क भए पनि जगदीश खुराफाती हुन्, उनको सम्पत्ति अहिल्यै छानविन गर्नुपर्ने अवस्थामा छ । तर, यसमा कसैको ध्यान गएको छैन’ उनले भने-’डीएन साहले पाए भने अस्पताल बेचेर खान्छन् ।


अरुको के कुरा गर्नु, हिँड्न समेत नजान्नेहरु डिन हुने लाइनमा छन् । उनीहरु हिँड्न जान्दैनन् तर पाए भने डिन बन्छु भन्न थालेका छन् ।’ यद्यपि उनले वरिष्ठता क्रममा जगदीशपछि रहेका विमल सिन्हा ठिकै भएको उनले सुनाए । वरिष्ठता होइन योग्यताको मापदण्ड बनाऊ वरिष्ठता आफैंमा गल्ती होइन । तर, वरिष्ठता मात्र भन्नु बेइकुफी मात्र हुने ती डाक्टरको भनाइ छ । ‘जहाँसिस्टिमले काम गर्छ त्यहाँ वरिष्ठता ठिकै हुन्छ । आर्मी, पुलिसमा वरिष्ठताले काम गरेकै छ’ उनी भन्छन्-तर, स्वाथ्य क्षेत्रमा वरिष्ठतालाई आधारमा मानेर काम गरेको मैले काहिँ देखेको छैन । यहाँ त स्मार्ट मान्छे चाहिन्छ ।’ डिन तथा टिचिङको कार्यकारी निर्देशक जस्ता पदमा हुने नियुक्तिलाई योग्यता र क्षमताका आधारमा मापदण्ड बनाउनुपर्ने र त्यसमा वरिष्ठता एक अंश मात्रै हुन सक्ने उनले अनलाइनखबरलाई बताए । भइहरेको व्यवस्था भत्काउन सजिलो हुने तर, नयाँ प्रक्रिया स्थापित गर्न गाह्रो हुने उनको बुझाइ छ ।


 ‘सिस्टम भत्काउन सजिलो छ तर, नयाँ नियम स्थापित गर्न गाह्रो छ’ उनले भने-हामीले सात दिनमा शिक्षण अस्पताल ध्वस्त पार्‍यौं । अब कहिले बन्छ ?’ डा. भगवान ३० औं बरियतामा थिए कुराकानीका क्रममा उनले सुनाएको रोचक कुरा त के छ भने वरिष्ठताका आधारमा डिन नियुक्त गर्ने पर्ने माग राख्दै अनशनमा बसेका प्रा. डा. केसी तिनै हुन्, जसले ३० औं वरियतामा रहेका डा. भगवान कोइरालालाई नियुक्ति दिलाउन अहम भूमिका खेले । ‘वरिष्ठताको लाइनमा भगवान कोइरालाको नाम निसान थिएन तर, उनले टिचिङलाई राम्रोसँग चलाएर देखाए’ भगवान निकट रहेका वरिष्ठ डाक्टर भन्छन्- ३० औं वरियतामा रहेका उनलाई कार्यकारी निर्देशक बनाउन केसीले प्रमुख भूमिका खेले, प्रकाश सायमी लागे । अहिले उनीहरु आफैं बरिष्ठता चाहियो भन्दै नारा लगाउन थालेका छन् ।’ तर, अहिलेको आन्दोलनकै कारण कोइरालाले कार्यकारी निर्देशक पदबाट राजीनामा दिनु टिचिङका लागि दुर्भाग्य भएको उनको टिप्पणी छ । यद्यपि हाल निमिक्त कार्यकारी निर्देशक रहेका डा. इश्वर लोहनीलाई सबैले सहयोग गरे केही आश गर्न सकिने उनको बुझाइ छ 
####

0 comments

Write Down Your Comment