बढिघाट खोलामा डुबेर एक महिलाको मृत्यु
###
|
गुल्मी, २७ माघ । गुल्मीको बढिघाट खोलामा डुबेर आज एक महिलाको ज्यान गएको छ । जिल्लाको आँपचौर गाविस वार्ड नम्बर ६ घर भएर स्थानीय इन्द्रैगैँडा बजारमा किराना पसल गर्ने बर्ष ३५ की कल्पना खराललको बडीगाड खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
बडिघाट खोलामा मृत भेटिएकी खरालको शब ।
खराललाई आज विहान स्थानीयले बडागाउँ गाविस १ मा मृत अवस्थामा देखेपछि प्रहरी चौकी वामीटक्सारलाई खवर गरेका थिए । प्रहरीचौकी वामीटक्सारबाट प्रहरी नायव निरिक्षक जिवन पौडेलको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरि शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घासमा पठाएको छ । खरालको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घासमा राखिएको छ भने घटनाका बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी प्रमुख प्रहरी निरिक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिन’भएको छ ।
दुई छोरा र एक छोरी सगै आईतबार साँझ १० बजे तिर खाना खाएर सुतेकी खराल बिहान घरमा नदेखेपछि स्थानीयले खोजतलास गरेका थिए । उहाँका श्रीमान भने बैदेशिक रोजगारमा रहेको स्थानीले बताएका छन । खरालको मगंलवार दिउसो मात्र पोष्टमार्टम हुने बताइएको छ ।
####
.jpg)





0 comments
Write Down Your Comment