भोलिदेखि खानेपानीको महसुल दोब्बरभन्दा बढी वृद्धि
###
|
काठमाडौँ : खानेपानी संस्थानले देशभरका शाखाबाट वितरण गर्ने पानीको महसुल भोलि फागुन १ गतेदेखि दोब्बरभन्दा बढी वृद्धि हुने भएको छ। संस्थानले गरेको प्रस्तावलाई स्वीकृत गर्दै खानेपानी महसुल निर्धारण आयोगले देशभर नयाँ महसुले लागू हुने जानकारी दिएको हो।
यस अनुसार १० हजार लिटरसम्मको पानीलाई हाल न्यूनतम ५० रुपैयाँ तिरे पुग्नेमा अब ११० रुपैयाँ तिर्नुपर्नेछ। संस्थानले यसलाई १२५ रुपियाँ तिर्नुपर्ने प्रस्ताव गरेको थियो।
यसअघि संस्थानले गत वर्ष पुस १९ र यो वर्ष कात्तिक २७ मा प्रस्तुत गरेको प्रस्ताव अस्वीकृत गरी पुनः पठाउन भनेको थियो। यसै अनुसार पुस १८ गते संस्थानले प्रस्तुत गरेको संशोधनसहितको मूल्य समायोजन प्रस्तावलाई संशोधन गर्दै फागुन १ गतेदेखि लागू गरेको हो।
नयाँ महसुलले मिटर भएको धारा र मिटर नभएको धारा दुवैमा धाराको साइज अनुसार दोब्बरभन्दा बढी मूल्य तोकेको छ।
ट्याङ्करको पानी पनि महँगो
त्यसैगरी ट्याङ्करको पानीमा पनि पाँच हजार लिटरको साबिक १३३० रुपैयाँलाई सेवा शुल्कसहित १ हजार ९५० कायम गरिएको छ। यसलाई २२ सय गर्नुपर्ने प्रस्ताव संस्थानले गरेको थियो। त्यस्तै ६ हजार लिटर क्षमताको पानीको दर सेवा शुल्कसहित २ हजार २२० कायम गरिएको छ।
संस्थानको प्रस्तावमा सार्वजनिक धारामा पनि चर्को महसुल वृद्धि प्रस्ताव गरिएको थियो। यस्ता धाराको साबिक महसुल ९ सय ९० रुपैयाँ रहिआएकोमा दुई हजार प्रस्तावित गरिएको थियो। तर आयोगले १ हजार ६०० मूल्य कायम गरेको छ।काठमाडौँमा महँगिसक्यो
यसअघि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले साउन १ देखि महसुल वृद्धि गरिसकेको छ। नयाँ महसुलअनुसार दस हजार लिटर पानीको १ सय ५० रुपैयाँ पर्छ। यो दर खानेपानी संस्थानको भन्दा महँगो हो।
####
.jpg)


.jpg)


0 comments
Write Down Your Comment