१० लाख नगद र ५ तोला सुन चोरी
###
|
बुटवल, माघ २० - बुटवलको अमरपथस्थित एउटा पसलमा लाखौंको चोरीभएको छ ।
अमरपथको राममन्दिर लाईनस्थित अमात्य इण्टरप्राइजेजमा १० लाख रुपैयाँ नगद, केही चेक र ५ तोला सुन चोरी भएको इन्टरप्राइजेजका सञ्चालक राजकुमार अमात्यले जानकारी दिनुभयो ।
पसलको नगद रकम राख्ने सेफसहित चोरी भएको उहाँले बताउनुभयो । चोरीको घट्ना बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
####
.jpg)




0 comments
Write Down Your Comment