विधेयक पारित गर्दा अर्को विधेयक ल्याउने प्रतिबद्धता
###
|
काठमाडौ, चैत्र ११ - व्यबस्थापिका संसद्ले मंगलबार स्वास्थ्य विधेयक पारित गरेको छ । संसदको जारी बैठकको बहुमतले संशोधनसहितको विधेयकलाई पारित गरेको हो ।
संसद वैठकमा बोल्दै सभासद भीष्म अधिकारीले समुद्रपारी रहेको नेपाली चिकित्सकलाई स्वदेश फर्किने वातावरणको निम्ती बिशेष व्यबस्था गरिनुपर्ने माग गरे ।
विकसित देशमा रहेका नेपाली चिकित्सकले त्यहाँ आधुनिक प्रविधि र सीप सिकेकाले उनीहरुलाई स्वदेश फर्काउन सके स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने अधिकारीको तर्क छ ।
उनले चीन र भारतको उदाहरण दिंदै ती देशले विदेशमा रहेको दक्ष नागरिक फर्काउन विशेष व्यबस्था गर्दा हजारौं सीपयुक्त नागरिक स्वदेश फर्किएका बताए ।
संसद वैठकमा बोल्दै स्वास्थ्यमन्त्री खगराज अधिकारीले विदेशमा रहेका नेपाली चिकित्सकलाई स्वदेश फर्काउने विशेष व्यबस्था ल्याउनको लागि छुट्टै ऐनको आवश्यकता पर्ने भन्दै पूर्व स्वास्थ्यमन्त्रीलगायतसँग छलफल गरी छुट्टै विधेयक प्रस्तुत गर्ने प्रतिबद्धता जनाए ।
आजको संसद वैठकले सुपुर्दगी विधेयक, संगठित अपराध निवारण विधेयक र पारस्परिक कानुनी सहायता विधेयक पनि पारित गरेको छ । वैठकमा सम्पति शुद्धिकरणसँग जोडिएको विधेयकमा एमाओवादी सभासद्हरुले विरोध जनाएका थिए ।
आजको वैठकले निजामति सेवा तेस्रो संशोधन विधेयक र निर्वाचनसम्बन्धी दुई विधेयक पनि बहुमतले पारित गरेको छ ।
वैठकमा सभासद्हरुले आफू निर्वाचित भएर आएको संबिधान सभा सदस्य निर्वाचन विधेयक २०७० समेत संशोधन गर्नुपर्ने प्रस्ताव राखेका थिए । मध्यान्ह १२ बजे सुरु भएको संसद् वैठक राति १० बजेसम्म लम्बिएको थियो ।
संबिधान सभा सदस्य निर्वाचन विधेयक संशोधनबारे छलफलको जवाफ दिदै गृहमन्त्री बामदेव गौतमले निर्वाचन प्रणाली सुधार्न सांसदको सुझाव मननयोग्य भएपनि पहिले नै कायर्ान्वयन भइसकेको विधेयकमा संशोधन स्वीकार्न नसकिने बताए ।
####
.jpg)





0 comments
Write Down Your Comment