आठ लेनको सडक त बन्यो पुल बन्ने कहिले
###
|
१ चैत, काठमाडौं । राजधानीको तीनकुनेदेखि माइतीघरसम्मको सडक आठ लेनको बनिसक्यो तर बिजुलीबजार र तीनकुनेका दुई पुल पुरानै (साँघुरै) छन्। सडक विस्तार र पुल निर्माण सँगसँगै नहुँदा यस्तो भएको हो। सरकारी अधिकारीलाई बाटो बनाउँदा पुल पनि सँगै बनाउनुपर्छ भन्नेसमेत हेक्का रहेनछ। आठ लेनको साढे दुई किलोमिटर सडकमा पर्ने दुई पुल सडकको चौडाइअनुसार नबन्दा ट्राफिक जाम हुने गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाले सडक निर्माणमा बढी खर्च लाग्ने देखिएपछि तत्काल पुल निर्माण अघि बढाउन नसकिएको तर्क गरे। उनका अनुसार चारवटा पुल निर्माणमा २५ करोड रुपैयाँ खर्च हुने अनुमान छ। बागमतीमा दुईवटा पुलको नक्सा डिजाइन गर्ने जिम्मा पाएको सिल्ट कन्सल्टेन्ट र धोधीखोलाका पुल डिजाइनको जिम्मा पाएको मेह कन्सल्टेन्टले ढिलो गर्दा काम हुन नसकेको सरकारी दाबी छ। उनीहरूले पाँच महिनाअघि डिजाइन गरेको पुलको नक्सा सरकारले अस्वीकार गरेको थियो। सडक विस्तार आयोजना प्रमुख खरेलले नक्सा चाहेजस्तो नभएपछि पुनरावलोकनका लागि फिर्ता पठाइएको बताए। धोबीखोला पुलको अर्को नक्सा प्राप्त भए पनि बागमतीको भने अझै बनेको छैन। खरेलले भने, ‘पुलका लागि काम ढिला भएको छ। सिनामंगलको पुल बनाउन पाँच वर्ष लागेको अनुभव ध्यानमा राख्दै निर्माण प्रक्रिया चाँडै अघि बढाउँछौं।’ सरकारी दाबीअनुसार चाँडै काम सुरु भए पनि पुल बन्न कम्तीमा दुई वर्ष लाग्छ।
####
.jpg)





0 comments
Write Down Your Comment