###
![]() |
१८ फागुन, कैलाली । कैलालीको मध्यदक्षिणवर्ती लालबोझी-४ हलौना घाटमा शनिबार साँझ भएको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । दुर्घटनामा परेका डुंगामा सवार अन्य करिब १४ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । भारतीय बजार तिकुनीया बेलुवा बजारमा किनमेल तथा काम गरेर साँझ घर फर्किरहेकाहरु सवार डुंगा मोहना घाटमा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा परी मृत्यु हुनेहरुमा लालबोझी-४ का ४५ वर्षीया फूलमति कठरिया, सोही गाविस वडा नं. ३ का ८ वर्षीय सन्दीप कठरिया, लाबोझीकै रहिस अलिकी नाम नखुलेकी डेढ वर्षीया नातिनी र हलौना थरकी एक मुश्लिम महिला रहेको इलाका प्रहरी कार्यालय भजनीले जानकारी दिएको छ । भातरबाट नेपाल आउने क्रममा डुंगा नदीकोबीचमा पुग्ने बेला भारतीय क्षेत्रमा अचानक डुब्न पुगेको स्थानीय राजेन्द्र खनाललले जानकारी दिएका छन । दुर्घटनापछि उद्दार गरिएकी हलौनाको भारतको एक अस्पतालमा उपचारका लागि लाँदै गर्दा बाटैमा मृत्यु भएको छ । हलौना नदी किनारसम्म पौडेर नपुदै स्थानीयले उनलाई उद्दार गरेका थिए । घटनास्थल कैलाली सदरमुकाम धनगढीबाट करिव ८० किलोमिटर दक्षिणपूर्वको भारतीय सीमासँगै रहेको छ । पुल नभएका कारण हरेक वर्ष कैलालीको दक्षिणवर्ती सीमानाका मानिसहरुले वर्षातको समयमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । वषर्ातको समयमा नदीले बगाएर अनाहकमै मृत्युवरण गर्नुपर्ने बाध्यता छ । दुर्घटना भएको डुगाका चालक स्थानीय एक राजी रहेका थिए । चालकको अवस्थाबारे कुनै जानकारी नभएको बताइएको छ । डुंगा दुर्घटनापछि शनिबार साँझदेखि रातभर उद्धारमा लागेको उद्धारमा सहभागी लाबोझीका स्थानीयबासी राजेन्द्र खनालले बताए । रातभर वर्षात भएकाले उद्धार गर्न सुरक्षानिकाय र स्थानीयलाई असहज भएको थियो । आइतबार विहानदेखि भारतीय सीमा सुरक्षा बल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयबासी म्ोहना नदीको दुवै किनारमा खोजीमामा लागिरहेका छन् ।
####
0 comments
Write Down Your Comment