संविधानसभा नियमावलीमाथि ‘विचार गर्ने’ प्रस्ताव पारित
###
![]() |
५ चैत, काठमाडौं । संविधानसभा नियमावलीमाथि विचार गरियोस् भन्ने प्रस्ताव बुधबार संविधानसभाले पारित गरेको छ । नियमावलीमा असहमति भए विहीबार सचिवालयमा संशोधन प्रस्ताव दर्ता गर्न सकिने र त्यससबारे शुक्रबार बस्ने संविधानसभा बैठकमा छलफल गरिने भएको छ । संशोधन प्रस्तुत गर्न चाहनेले बिहीबार दिउँसो ३ बजेसम्म सचिवालयमा प्रस्ताव दर्ता गर्न सभाध्यक्ष नेम्वाङले आदेश दिएका छन् । संविधानसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने भएको छ । सो बैठकले नियमावली पारित गरेपछि संविधान निर्माणको कामले गति लिने भएको छ ।
संविधानसभा नियमावली संविधानसभामा प्रस्तुत भएपछि बुधबार ‘हुन्छ र हुन्न’ भन्ने विधिबाट यसमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको हो । संविधानसधामा अध्यक्ष सुवास नेम्वाङले नियमावलीलाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्दा कसैले पनि ‘हुन्न’ भन्ने आवाज निकालेनन् । तर, नियमावलीलाई अन्तिम रुपमा पारित गर्न अझै बाँकी छ । नियमावलीमा कसैको असहमति भए शुक्रबारको बैठकमा थप छलफल हुनेछ । बैठकपछि सभासद रञ्जित कर्णले अनलाइनखबरसँग भने, ‘नियमावलीबारे कसैको पनि असहमति देखिएको छैन ।’ तर, नियमावलीमा जनमत संग्रहको प्रावधान थप्नुपर्ने लगायतका असहमति राप्रपा नेपालले अघि सारेको छ ।
####
0 comments
Write Down Your Comment