रेखा -श्याम लफडामा ‘हिम्मतवाली’ हिरो नै भिलेन
###

 नायिका रेखा थापा र निर्देशक श्याम भट्टराइको वाकयुद्ध केही दिन यता केही शान्त बनेको छ । तर पनि यो घटना निर्देशक समाजको छानविन आयोगसम्म पुगेकाले अझै सेलाउने भने छैन । रेखाको फिल्मबाट श्याम भट्टराई बाहिरिएपछि सुरु भएको युद्धले विभिन्न कोणबाट चर्चा पायो । श्याम र रेखाको दुश्मनी आफैमा सुरु भएको भने होइन । तिहारमा भाइटिका लगाएका श्याम र रेखा एकाएक ‘हिम्मतवाली’को छायांकन स्थलमा पुग्दा नपुग्दै ३६ को आँकडामा पुग्नु अचम्म लाग्दो बिषय थियो ।

 रेखाको सिनेमामा क्यानडा निवासी दुवै हात नभएका सुदर्शन गौतम हिरो छन् । श्रोतका अनुसार श्याम र रेखाविच दरार उत्पन्न हुनुको पछाडि सुदर्शनको ठूलो हात छ । सुदर्शनकै कारण श्यामसँग रेखा टाढा भएको बताइन्छ । उसो त सिनेमाका लागि सुदर्शनको सिफारिश श्यामले नै गरेको वुझिएको छ । चलचित्रमा रेखा थापा र चलचित्र विकास बोर्डका अध्यक्ष धमेन्द्र मरबैता ‘पप्पु’को लगानी रहेको कुरा त बाहिर आइसकेको छ । तर भित्री रुपमा हिरो सुदर्शन गौतमले पनि सिनेमामा लगानी गरेको वुझिन्छ । महेन्द्रनगरबाट पनि निक्कै भित्र सिनेमाको छायांकन सुरु भएपछि श्यामले व्यवस्थापनका बिषयमा केही गुनासो रेखासँग गरेका थिए ।

 तर सुदर्शनले यस बिषयमा श्यामलाई केही नबोल्न सुरुवातमा नै दहराएका थिए । तर घटनाले मोड लिदै जाँदा श्यामलाई सिनेमा छोडेर जानुहुन्छ या रेखाले नै जा भन्नुपर्‍यो भन्ने खालका भाषा सुदर्शनले प्रयोग गरेको श्रोत बताउँछ ।  रेखा र सुदर्शनको निकटता बढेको वुझिन्छ ।  नायिका रेखा थापाले केही दिनमा नै काठमाण्डौ आएर पत्रकार सम्मेलन गरी सबै कुराको जानकारी गराउने बताएकी छिन् । सिनेमाको हालीमुहाली अहिले सुदर्शनकै हातमा छ । श्यामले सिनेमा छोड्ने थाहा पाएपछि निर्माता छविराज ओझाले कुनै पनि हालतमा चलचित्र छोडेर काठमाण्डौ नआउन भनेका थिए । उनले चलचित्रका अन्य प्राविधिकहरुलाई पनि श्यामलाई सिनेमा छोड्न नदिन भनेका थिए ।

 तर घटनाले एकाएक चर्को रुप लिएपछि श्याम सामान्य रुपमा नै काठमाण्डौ फर्किएको वुझिन्छ । एम.बी.ए सम्मको अध्ययन गरेका खोटाङ सुदर्शन क्यानडा सरकारको प्रतिनिधीको रुपमा त्यहाँको एक राज्यमा बसोबास गर्दै आएका छन् । दुवै हात नभएपनि उनी कार चलाउन, आफ्नो दाह्री आफै खैरन सक्ने लगायतका काम गर्न सक्छन् । उनी ‘हिम्मतवाली’ सिनेमा खेल्न नेपाल आएका हुन् । दुवै हात नभएको अवस्थामा पनि उनले सन् २००५ मा दोलखा स्थित ६ हजार मिटर उचाइको रामदुङ हिमाल सफल रुपमा आरोहण गरेका थिए । केही त भन्छन् रेखा थापा ठूला दलदलमा फस्दै छिन्, बाहिर निस्कने उपाय खोजे धेरै राम्रो ।
####

0 comments

Write Down Your Comment