जीप र मोटरसाइकल जुध्दा २ को मृत्यु
###

२७ चैत, नवलपरासी
दिव्यपुरी–७ चौधरी गु्रप अगाडी राजमार्गमा चैत २६ गते २१:३० बजे लु.१ च ८६ नम्वरको जीपले ना.३६ प २८९८ नम्वरको मोटरसाइकललाई ठक्कर दिदाँ चालक तनहुँ जिल्ला घर भएका ४५ बर्षीय बिष्णु बहादुर थापा र मोटरसाइकल पछाडी बसी यात्रा गर्ने गैडाकोट–१ बस्ने टंक राज गोतामेको मृत्यु भएको छ ।
दुर्घटनामा थापाको घटनास्थलमै मृत्यु भएको थियो भने गोतामेको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारकै क्रममा मृत्यु भएको थियो । फरार जीप चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
####

0 comments

Write Down Your Comment