ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु
###

अर्घाखाँची, चैत २९ - सडक निर्माण गर्ने क्रममा अर्घाखाँचीको ठाडामा भएको ट्रयाक्टर दुर्घटनामा चालकको ज्यान गएको छ ।
सितापुरबाट सडक निर्माणका लागि बाटो पिच गर्ने अलकत्रा लिएर जाँदै गरेको लु २ त ८८९८ नम्बरको ट्रयाक्टर ठाडा २ रिपाहामा दुर्घटना हुँदा दाङ जिल्ला गोबरडिहा गाविस १ का ३१ वर्षका रामु बोटेको ज्यान गएको स्थानीय लेखनाथ पौडेलले जानकारी दिनुभयो ।
 दुर्घटनामा गम्भीर घाइते भएका चालक बोटेको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा ज्यान गएको हो ।
####

0 comments

Write Down Your Comment