उखुको मूल्य निर्धारण नहुँदा किसान मारमा, उद्योगीका दुबै हातमा ‘लड्डु’
###
|
२१ चैत, काठमाण्डौ । महिनौंदेखि मूल्य निर्धारण हुन नसकेपछि यो वर्ष पनि बेलैमा उखु क्रसिङ हुन सकेन । यसबाट खेतमै उखु सुक्दा तौल घटेर किसानले थप घाटा सहनुपर्ने भएको छ । तर उनीहरुबाट चिनी मिलले भने घुमाउरो फाइदा पाउने भएका छन् ।
मूल्यमा अलमलिएपछि अहिले तराइका किसानहरु उखु सल्टाउने चटारोमा छन् । ‘उखु सुक्न लागे’ सर्लाहीका किसान प्रकाश थपलिया भन्छन् ‘जति ढिलो भयो उति हामीलाई घाटा लाग्छ ।’
यता, एकै पटक उखु पेल्न अव्यवहारिक हुादा चिनी मिलमा उखु खपत गर्न कुर्नुपर्ने भएको छ । यसबाट किसानलाई घाटा र चिनी मिललाई प्रत्यक्ष फाइदा पुग्नेछ । महिनौंको यो अलमलले उखु खपत नहुादा १० प्रतिशतसम्म तौल घट्ने अवस्था आएको उखु उत्पादक महासंघका अध्यक्ष कपिमुनि मैनाली बताउाछन् । तर उखु सुकेपनि चिनीको मात्रा खासै नघट्ने भएकोले चिनी मिल भने फाइदामै रहने उनी उल्लेख गर्छन् ।
खेतमा तयार भइसकेका उखु चैते हुरी र घामले सुकिरहेका छन् । यसले गर्दा उखुको रस सुकी चिनीको ठोस मात्रा बढ्ने छ । रस सुकेको उखुको तौल घटी किसानले कम भाऊ पाउनेछन् । यता, तरल पदार्थ घटेको उखुबाट ठोस चिनी निकाल्न पाउादा मिलहरुले फाइदा बढी लिनेछन् ।
लागत, उत्पादन परिमाण घटेको आदि कारण उखुको भाऊ बढाउन किसानहरु आन्दोलित भएका छन् । तर सरकार, चिनी मिल र किसान तिनैजनाको संयुक्त विचार नमिल्दा यो समस्या भएको हो ।
साधारणतया चिनी मिलहरु मंसिरदेखि सञ्चालन हुने गर्छन् । ढिलोमा पनि वैशाखसम्म उखु पेलिसक्नुपर्ने प्राविधिक आवश्यकता रहेकोमा तराइमा डेढ महिना ढिलोमात्र उखु क्रसिङ थालिएको हो । ‘यो वर्ष सबै किसानले बेलैमा उखु बेच्न सक्लान् जस्तो छैन’ बाराका किसान शंकर मैनाली भन्छन् ‘बेलैमा खेत खाली नहुादा झार सफाइ गर्न बढी खर्च हुने भो ।’ उनका अनुसार चर्को घाममा मजदूर कम खट्ने भएकोले ज्यालामा बढी खर्च हुने गर्दछ ।
किसान र उद्योगीको रस्साकस्सी
गत वर्ष झैं यो वर्ष पनि मूल्यवृद्धिलाई लिएर चिनी उत्पादक संघ र उखु उत्पादक महासंघबीचको विवाद अहिलेसम्म टुंगिएको छैन । चिनी उद्योगीहरुले किसानको माग बमोजिम उखुको भाऊ नदिने भएपछि विवाद भएको हो ।
किसानले पोहोर प्रति क्विन्टल ४ सय ८१ रुपैंयाा मोल पाएका थिए । तर यो वर्ष चिनीको अन्तर्राष्ट्रिय भाऊ घटेकोले उखुको पनि मूल्य घटाउने प्रस्ताव चिनी उद्योगीको छ । चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाल पोहोर प्रति केजी ६२ रुपैंयाा रहेको चिनी यो वर्ष ५३ रुपैंयाा मात्र रहेको बताउाछन् । ‘उखु पनि कमोडिटी हो, चिनीको भाऊ घट्दा उखुको पनि घट्नुपर्छ’ उनी भन्छन् । ‘अहिलेको चिनी मूल्य हेर्दा क्विन्टलको ४ सय २५ मात्र दिन सकिने हो’ उनले अनलाइनखबरसाग भने ‘तर किसान विस्थापित नहुन् भनेर हामीले ४ सय ६० रुपैंयाासम्म दिन खोजेका हौं ।’
गत वर्ष भ्याट छूट अनुदानसहित प्रति क्वीन्टल ४ सय ८१ रुपैंयाामा उखु कारोबार भएको थियो । यो वर्ष त्यसमा १० प्रतिशत मूल्य बढाउनुपर्ने किसानको माग छ । तर पोहोरभन्दा २१ रुपैंयाा सस्तोमा उखु किन्न सकिने उद्योगीको भनाइले किसान निराश भएको अध्यक्ष मैनाली बताउाछन् । ‘हामी पोहोरको भन्दा एक पैसा पनि घट्ने सोचमा छैनौं’ उनले अडान सुनाए ।
यता, खेतमै उखु सुक्न थालेपछि किसानहरु पछि मूल्य तोकिने आसमा उधारोमा उखु बेच्ने निष्कर्षमा पुगेका हुन् । उधारोमा बेचिएको उखुको भुक्तानी किसानले महिनौंदेखि पाएका छैनन् । मूल्य अझै नतोकिएका कारण किसानले मजदूरको ज्याला र ट्याक्ट्रर भाडा तिर्न सकेका छैनन् । धेरै किसान उधारो तिर्न चर्को व्याजमा ऋण काढ्न बाध्य छन् । उखुको मूल्य विवाद वर्षेनिको नियति नै हो । ०६७ मा सर्लाहीको हरिऔनमा मूल्य विवादको आन्दोलन चर्किदा प्रशासनले कर्फयूसमेत लगाएको थियो ।
उखु उत्पादक महासंघका अध्यक्ष मैनाली ढिलो उखु क्रसिङ हुादा करिब १० प्रतिशत तौल घट्ने गर्छ । ‘तौल पनि घट्नु, मूल्य कम पाउनुले किसानहरु दोहोरो मारमा पर्छन्’ उनी भन्छन् ‘तर चिनीको परिमाणमा खासै असर नहुने भएकोले उद्योगी नाफामा पर्छन् ।’ तर, चिनी उद्योग संघका अध्यक्ष अग्रवाल उखु सुक्दा चिनीको गुणस्तर खस्किने दावी गर्दै यसबाट उद्योगलाई सोह्रै आना नाफा हुने विश्लेषण गर्न नमिल्ने बताउाछन् । महासंघका अनुसार गत वर्ष करिब ३० लाख टन उखु उत्पादन भएको थियो । यसवापत किसानले साढे १४ अर्ब रुपैंयाा पाएका थिए ।
वर्षेनि मूल्य विवाद भएपनि किसानको आकर्षण उखुबाट घटेको छैन । कारण हो, अनाज खेतीभन्दा सुरक्षित र सहज खेती प्रविधि । धान, गहुा, मकैभन्दा उखुले राम्रो भाऊ पाउने र खेती पनि तुलनात्मक रुपमा सजिलो भएको किसानहरु बताउाछन् । सर्लाही, हरिपूर्वाका किसान रामदरेश यादव प्रति विगाह उखु खेतीमा एकदेखि डेढ लाख रुपैंयाा खर्च हुन्छ । मौसम, मूल्य र कटान सबै अनुकूल भएमा प्रति विगाह दुईदेखि तीन लाख रुपैंयााको उखु उत्पादन हुने उनी बताउाछन् । जबकि, धानबाट प्रति विगाह ५० हजार रुपैंयाा पनि जोगाउन नसकिने उनको अनुभव छ ।
दिगो समाधान के छ ?
वर्षेनि उखुको मूल्य निर्धारणमा किसान र उद्योगीबीच रस्साकस्सी हुने गर्दछ । यसबाट किसानले बेलैमा उखु खपत गर्न नपाउादा घाटा सहनु परेको छ भने उद्योगले पनि आफ्नो क्षमता अनुसार संचालन हुन पाएको छैन ।
यसको समाधान गर्न भारतमा जस्तै नेपालमा पनि कृषि उपजको समर्थन मूल्य तोकिने व्यवस्था लागू हुनुपर्ने किसानको माग छ । किसानको लागत र मुनाफा हिसाब गरी क्रसिङ अगावै सरकारले मूल्य तोक्नुपर्ने उखु उत्पादक किसान महासाघको माग छ । अध्यक्ष मैनाली सरकारको सहभागितामा उखु विकास बोर्ड गठन गरी यसको दिगो समाधान गर्नुपर्ने बताउाछन् ।
साथै, किसानलाई मल, बीऊ, सिंचाइ, इन्धन आदिमा सहुलियत दिएर उखु उत्पादन लागत घटाउनुपर्ने सुझाव पनि दिने गरेको छ । यसबाट लागत घट्ने र मिलले पनि कम मूल्यमा उखु पाउनेछ ।
यता, चिनी उद्योग संघका अध्यक्ष अग्रवाल पनि सरकारी सहभागितामा न्यूनतम समर्थन मूल्य तोकिने व्यवस्था लागू गर्न सकिए किसान र उद्योग दुबैको हित हुने बताउाछन्
####
.jpg)






0 comments
Write Down Your Comment