महासंघको नयाँ नेतृत्वका लागि दूई समूहको उमेदवारी दर्ता
###
|
काठमाडौं २१ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको आगामी तीनबर्षे कार्यकालको नयाँ नेतृत्व चयनका लागिबरिष्ठ उपाध्यक्ष भाष्करराज कर्णीकार र अर्का उपाध्यक्ष प्रदीपजंग पाण्डेले अध्यक्ष पदका लागि शुक्रबार आ-अाफ्नो समूहसहित उम्मेद्धारी दर्ता गराएका छन् ।
राजकणिर्कार समूहबाट वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका, जिल्ला-नगर उद्योग वाणिज्य संघतर्फबाट उपाध्यक्षमा डिबी बस्नेत, वस्तुगततर्फको उपाध्यक्षमा उदयराज पाण्डे तथा एशोसीएट तर्फको उपाध्यक्षमा शेखर गोल्छाले मनोनय दर्ता गरे ।
यसैगरी वस्तुगत तर्फका सदस्यका उम्मेदवारहरुमा नेपाल विज्ञापन संघका अध्यक्ष राजकुमार भट्टराई, घ्यु तथा तेल उत्पादक संघका अध्यक्ष सन्दिपकुमार अग्रवाल, जडिबुटी उत्पादक संघका अध्यक्ष गोविन्द घिमिरे र नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरे रहेका छन् ।
उम्मेदवारी दर्ता गर्दै प्रदीपजंग पाण्डे र उनको समूह
उम्मेदवारी दर्ता गर्दै प्रदीपजंग पाण्डे र उनको समूह
त्यस्तै अन्य सदस्यहरुमा चलचित्र उद्यमी अशोक शर्मा, हस्तकला उद्योग महासंघका निवर्तमान अध्यक्ष विकासरत्न धाख्वा, ह्याचरी व्यवसायी संघका पूर्वअध्यक्ष इश्वर शर्मा, नेपाल अटोमोवाइल डिलर्स एशोशिएशनका पूर्वअध्यक्ष सौरभ ज्योती र सिल्क एशोसीयसन अफ नेपालका अध्यक्ष शंकरप्रसाद पाण्डे, विद्युतीय सौर्य उर्जा उत्पादक संघ नेपालका अध्यक्ष दिपक शाही र वैदेशीक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले पनि उम्मेदवारी दर्ता गराए । एशोसियटमा अशोक टिमानी, ओमराज भण्डारी, गोपाल खनाल, चन्द्र ढकाल, ज्योत्सना श्रेष्ठ, प्रकाश गिरी, मनिष अग्रवाल, रञ्जित आचार्य, रामचन्द्र संघाई, विजय वैद्य, रामकृष्ण प्रसाई, साहिल अग्रवाल र ज्ञानेन्द्रलाल प्रधानले उम्मेदवारी दर्ता गराएका छन् ।
भाष्कर समूहले महासंघको ४८ औ साधारणसभामा ‘समृद्ध अर्थतन्त्र, सशक्त निजीक्षेत्र’ भन्ने मूल नाराकका साथ आफ्ना नीतिहरु सार्वजानिक गरिसकेको छ । यो समूहले निजी क्षेत्रको सशक्तिकरण, संरचना सुधार, श्रमसम्बन्ध सुधार, लगानीको सुरक्षा लगायतका एजेण्डासहित अघि सारेको छ ।
महासंघमा ९१ वस्तुगत संघ, ९३ जिल्ला नगर उद्योग वाणिज्य संघ र ६ सय बढी एशोसिएट सदस्य आवद्ध छन् । चैत्र २८ र २९ मा हुने महासंघको ४८ औं साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । महासंघको भावी अध्यक्षका लागि उपाध्यक्ष प्रदिपजंग पाण्डेले समूहले भाष्करकाे समूहभन्दा १५ मिनेट अघि अध्यक्ष लगायतका पदमा उम्मेद्धारी दर्ता गरेका थिए ।
####
.jpg)






0 comments
Write Down Your Comment